logo

अर्थिक राजधानी “पानी संकट”मा सोझै मोटर जडान गरी पानी तान्नेलाई कारवाही गर्ने महानगरको चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ०३: ०१ मा प्रकाशित     1231   पटक पढिएको

वीरगंज ।  भू–जल सतह घटेपछि वीरगंजमा पानीको चरम अभाव देखिएको छ । चापाकलहरू सुक्न थालेपछि नगरवासीको दैनिक जीवनमा गम्भिर असर पारेको छ । पिउने खाना पकाउने, सरसफाइ, पशुपालन जस्ता आधारभूत कामसमेत प्रभावित भएका छन्।

 

यस्तो संकटको घडीमा वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको छ । खानेपानी संस्थानबाट सेवा नपुगेका ठाउँहरूमा बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्‍याउने काम तीव्र पारिएको हो ।

 

पानी अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरण व्यवस्था गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले पानीको चरम संकटलाई प्राकृतिक आपत्‌को रूपमा व्याख्या गर्दै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । 


महानगर प्रमुख सिंहले यो सामान्य संकट होइन, गम्भीर प्राकृतिक अवस्था हो । तत्काल राहतसँगै दीर्घकालीन समाधानमा पनि महानगर  क्रियाशील भएको बताए ।

महानगरले खानेपानी संस्थानसँग समन्वय गरी केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरेको छ । सीमित स्रोतबीच पनि ३२ वटै वडामा पानी पुगोस् भन्ने लक्ष्यसहित वितरण तालिका लागू गरिएको छ ।


महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिएको छ ।


महानगरले पानी संकटको समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महानगरले आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली र भू–जल व्यवस्थापनका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने बताएको छ ।


यसैवीच वीरगन्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थानद्वारा वितरित खानेपानी पाइपलाइन र बोरिङबाट आपूर्ति हुने पानीमा केही व्यक्तिहरूले अनधिकृत रूपमा सोझै मोटर जडान गरी पानी तान्ने गरेको गुनासो प्राप्त भएको भन्दै यस्तो कार्य तत्काल रोक्न अल्टिमेटम दिएको छ।

 

महानगरपालिकाले यस्ता कार्य गर्नेहरूलाई नियमानुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ।

 

महानगरपालिकाले एक अत्यन्त जरुरी सूचना जारी गर्दै अनधिकृत रूपमा मोटर जडान गरी पानी तान्ने कार्यले अन्य सेवाग्राहीहरूमा खानेपानीको चरम अभाव सिर्जना भई उनीहरूको दैनिक जीवन प्रभावित भएको जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.