logo

मधेश सरकारको बजेट खर्च गत वर्षको तुलनामा बढे पनि सन्तोषजनक नरहेको टिप्पणी

 इसीमाना सम्बाददाता     २०८२ असार २५ गते ०५: ०४ मा प्रकाशित     700   पटक पढिएको

वीरगंज । गएको आर्थिक वर्षको तुलनामा यस वर्ष मधेश प्रदेश सरकारको बजेट खर्च बढेको छ । 


गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले कुल बजेटको ५५ दशमलव ७५ प्रतिशत खर्च गर्न सकेको थियो ।  


चालु आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा मधेश प्रदेश सरकारले ५६ प्रतिशत बजेट खर्च गरेको छ । यो प्रतिशत बढने छ । बुधवार राती १२ बजे सम्म खर्चको भूक्तानी हुने भएकोले यो प्रतिशत बढने भएको हो ।

 

बुधबार बिहान ८ बजेटसम्म कुल बजेटको ५६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय मधेश प्रदेशले जनाएको छ ।

 

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा बुधबार बिहान ८ बजेसम्म २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । 

 

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार राति १२ बजेसम्म भुक्तानी हुने भएकाले खर्च अझै बढ्ने छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट खर्च बढ्ने भएको छ ।

 

 यस वर्ष बजेट खर्च बढेपनि बजेट परिचालनका हिसावले सन्तोष मान्ने ठाउँ नरहेको आर्थिक जानकारहरु बताउछन ।

 

उनीहरुका अनुसार स्ीकृत बजेट खर्च कम हुनुले योजनाहरू कार्यान्वयन नभएको, सेवा प्रवाहमा कमी आएको, वा कार्यन्वयन क्षमता कमजोर भएको संकेत गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.