logo

बलात्कार पीडित महिलाको चित्कार, अदालतबाट पनि न्याय नपाए बिष पिएर मर्छु

 इसीमाना सम्वाददाता     २०८२ सावन १ गते ०१: ५८ मा प्रकाशित     1301   पटक पढिएको

रौतहट  । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन । 

 


ति महिलाले भिडियो सन्देशमा आफूलाई गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले २०८१ जेठ २५ गते घरनजिकैको बाँसघारीमा हातमुख बाँधेर बलात्कार गरेको बताएकी छिन ।

 

उनले तत्कालै आफन्तको सहयोगमा प्रहरीमा उजुरी गर्न खोजिन्। तर, इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले गम्भीरता नदेखाएपछि उनी जिल्ला प्रहरी कार्यालय, गौर पुगिन्।

 

त्यहाँ तत्कालीन एसपी दिलीप घिमिरेको निर्देशनमा जबर्जस्ती करणीको मुद्दा त दर्ता भयो, तर आरोपी खुर्सैद एक वर्षसम्म फरार रहे।


यो एक वर्षको अवधिमा खुर्सैदका नातेदार र समर्थकहरू पटक–पटकति महिलाको घरमा गएर ६ देखि ८ लाख रुपैयाँसम्मको प्रस्ताव राखेर मिलापत्र गर्न दबाब दिने गरेको उनले बताएकी छि। महिलाले  “पैसा होइन, न्याय चाहिन्छ। मेरो इज्जत सस्तो छैन।” भनेर जवाफ दिएको बताएकी छिन

 

 घटनापछि आरोपी खुलेआम गाउँमा हिँड्ने, सरकारी निकायसम्म पुग्ने, प्रहरी कार्यालयमै भेटिने अवस्थाले पीडितलाई झनै त्रसित बनाएको छ।

“उसको पैसा र पहुँचले मेरो सबै प्रमाणलाई मेटाइदियो। अब अदालतबाट पनि न्याय नपाए विष खाएर म मर्छु,” उनले भक्कानिदै भन्छिन्।

 

 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.