सर्लाही । सर्वोच्च अदालतले गत फागुन १५ गते चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने विशेष अदालतको फैसला सदर गर्दै निर्णय गर्यो ।
अन्तिम अदालतबाट भ्रष्टाचारजन्य कसुरमा कसुरदार ठहर भएका ब्यक्ति हुन नेपाली कांग्रेस सर्लाहीका बहालवाला सभापति सुरेन्द्र प्रसाद सिंह ।
सिंहलाई सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो । पछि सर्वोच्चले सिंहको अपिललाई खारेज गर्दै बिशेष अदालतकै फैसला सदर गरेको हो ।
नेपाली कांग्रेस लोकतन्त्रप्रति निकै ओठेभक्ति प्रर्दशन गर्ने पार्टीको हो । नीति र बिधि राम्रो लेख्ने ब्यवहार र कर्म ठिक उल्टो गर्ने उसको कार्यशैली भएको छ ।
भ्रष्टाचारमा दोषी ठहर भइसकेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले केन्द्रीयस्तरमै सम्मान गरेर नेपाली कांग्रेसले आफनो असली चेहरा देखाएको छ ।
पार्टीको विधि र नैतिकता दुवैलाई तिलाञ्जली दिँदै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सानेपास्थित पार्टी कार्यालयमा सम्मान गरेका हुन् ।
सम्मान पत्रमा लेखिएको छ ‘नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र संचालनार्थ पुस्तक प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ।’
नेपाली कांग्रसको बिधानको धारा १३ को (ङ) मा नैतीक पता देखिने पतन देखिने अभियोगमा अन्तिम अदालतले दोषी ठहर गरेमा पार्टीको सदस्यता नरहने ब्यवस्था गरेको छ । सिंह अन्तिम अदालतबाटै दोषी ठहर भएका हुन ।
नैतीक पतन देखिने फौजदारी अपराध पनि हो । स्वतः सदस्यता समाप्त भएका ब्यक्तिलाई पार्टी सभापतिले गरेको संरक्षणका कारण नेपाली कांग्रेसको आचरण अशुद्ध रहेको प्रष्ट पारेको हो ।
तर न्यायालयबाट दोषी ठहरिए पनि सिंह अहिलेसम्म पनि जिल्ला सभापति उनै हुन छन्। सर्वोच्चको फैसलापछि सर्लाहीका कांग्रेस कार्यकर्ताहरूले पार्टीको केन्द्रीय नेतृत्वलाई नयाँ जिल्ला सभापति चयनको माग गर्दै बारम्बार ध्यानाकर्षण गराए ।
यहाँसम्म कि सानेपामा धर्नासमेत दिएका थिए तर पार्टी केन्द्रले त्यसको सुनवाई नगरि बिधि पद्धती होइन शक्तिको छाहारीमा ओत लाग्ने सन्देश प्रवाह गरेको छ। सिंह पार्टीको सभापतिमा कायम रहनु अझ सम्मानीत हुनुले नेपाली कांग्रेस गम्भिर नैतीक संकटमा फसेको छ ।
सम्मान कार्यक्रमले कांग्रेसको अनुशासन र आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको छ । उसको यो कदमले नेपाली कांग्रेसको प्रजातन्त्र प्रतिको आदर्श र निष्ठा हात्तीको देखाउने दाँत भएको छ ।
तपाईको प्रतिक्रिया