logo

दुर्घटनामा परि ज्यानगुमाउने नागरिकका परिवारलाई १० लाख क्षतीपूर्ती पाउने ब्यवस्था मिलाएका छौः मन्त्री जयसवाल

 इसीमाना सम्वाददाता     २०८२ सावन १० गते ०५: ४४ मा प्रकाशित     1673   पटक पढिएको

वीरगंज । मधेश प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आम नागरिककालागि बिमाको ब्यवस्था गरेको बताएका छन । 

 

वीरगन्जमा शनिबार आयोजित जेष्ठ नागरिक महासंघ मधेस प्रदेशको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री जैशवालले  यस्तो जानकारी दिएका हुन ।

 

उनले ,  प्रदेशका नागरिकको दैवी प्रकोप वा दुर्घटनामा परी मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरि व्यवस्था मिलाएको बताएका हुन । 

 मन्त्री जयसवालले मधेस प्रदेशका बासिन्दा नेपाल तथा भारतको कुनै पनि कुनामा दैवी प्रकोप वा दुर्घटनामा मृत्यु भए उनका आश्रित परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ बीमा मार्फत पाउने व्यवस्था गरिएको जानकारी दिएका हुन । 

 

प्रदेश सरकारले दैवी प्रकोपबाट नागरिकको घरमा क्षति भएको खण्डमा प्रदेश सरकारको सिफारिसमा ५० हजारदेखि ५ लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरेको पनि उनले बताए ।

 

प्रदेशका नागरिकको घरमा पुगेको क्षतिको मूल्याङ्कन गरी सरकारले सिफारिस गर्ने र बीमा कम्पनीले नागरिकलाई राहत स्वरूप क्षति रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्री जयसवालले जानकारी दिए। 

 

प्रदेश सरकार जेष्ठ नागरिकलाई थप सेवा सुविधा प्रदान गर्ने योजनामा काम गरिरहेको जानकारी दिँदै प्रदेश सरकारले पहिलो पटक चालु आर्थिक वर्षको बजेटमै जेष्ठ नागरिक महासंघका विभिन्न जिल्ला शाखासँग कार्यक्रमको माग गरी बजेट विनियोजन गरेको बताए ।

 

उनले जेष्ठ नागरिक राष्ट्रको गहना मात्र नभई अनुभवका खानी समेत भएकाले उनका लागि बासको व्यवस्था गर्न प्रदेश सरकारले चालु आवको बजेटमा वृद्धाश्रम भवन निर्माण गर्न २५ लाख रुपैयाँ विनियोजन गरेको बताउँदै  वश्यकताअनुसार उक्त रकमलाई बढाउँदै लैजाने स्पष्ट पार्नुभयो।

जेष्ठ नागरिकसँग रहेको लामो अनुभवलाई समेत प्रदेश सरकारले उपयोग गर्ने सोचमा रहेकाले समाज कल्याण मन्त्रालयले प्रकाशित गर्न लागेको पुस्तकमा जेष्ठ नागरिक महासंघसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जेष्ठ नागरिक महासंघ मधेस प्रदेशका संयोजक जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी .लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस पर्साका अध्यक्ष बृकिशोर पटेल, जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य रमेश कुमार दत्त, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष एवम् महासंघ पर्साका सचिव विजय चौहान, समाजसेवी नेजामुदिन समानी, मध्य नेपाल साप्ताहिक पत्रिकाकी सम्पादक कविता खड्का लगायतले अधिवेशनको सफलताको शुभकामना दिँदै जेष्ठ नागरिकको अनुभवलाई राष्ट्रनिर्माणमा उपयोग गर्न तीनै तहका सरकारलाई आग्रह गरेका थिए।



तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.