वीरगंज । तस्विरमा रहेको ब्यानरले धेरै कुरा बोलेको छ र आज पनि त्यही बोली बोलीरहेको छ । तस्विरको वीचमा रहेका ब्यक्ति अनुसन्धान गर्ने निकायको उच्च पदमा पुगेका छन ।
हिजो सडकमा हुदा माँगदावी राखेर चोक चौराहमा ब्यानर मुनी बसेर आन्दोलन गर्दा जुन महत्वका साथ मुद्धाहरु उठान गर्थे तिनै ब्यक्ति दिने ठाउँमा पुगे पछि तै चुप मै चुपको अवस्था सृजना भएको छ ।
१० साउन २०७५ अर्थात् सात वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गा पन्तकी १३ वर्षीया छोरी निर्मला पन्त साथीको घरबाट बेपत्ता भएकी थिइन् । भोलिपल्ट घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो ।
घटनाको सात वर्षसम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।
दुर्गामा मरिसकेको न्याय पाउने आशा १५ महिनाअघि पनि जागेको थियो । जब नेपाल सरकारको गृहमन्त्रीमा आफ्नै निर्वाचन क्षेत्रका रमेश लेखक नियुक्त भए । लेखक निर्मलाको न्यायिक आन्दोलनमा सहभागी भइसकेका नेता थिए ।
पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिनेमध्ये अग्र मोर्चामा थिए कांग्रेसका नेता लेखक ।
‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो,’ लेखक त्यो बेला भन्थे, ‘यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।
’ निर्मलाको बलात्कारपछिको हत्या प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने भन्दै भाषण गर्ने नेता लेखक आफैँ गृहमन्त्री भएको वर्ष नाघ्यो ।
तर, अहिले उनी निर्मला पन्त घटनाबारे खुलेर बोल्न पनि चाहँदैनन् । ‘घटनाको सुक्ष्म रूपमा अनुसन्धान भइरहेको छ’ भन्दै उनी पन्छिने गरेका छन् ।
लेखक गृहमन्त्री पछि पनि घटनाको अनुसन्धानमा केही प्रगति नभएपछि निर्मलाकी आमा दुर्गामा झन् निराशा बढेको छ ।
‘आफ्नै निर्वाचन क्षेत्रबाट विजयी भएका रमेश लेखक गृहमन्त्री हुँदा न्याय पाइन्छ कि भन्ने झिनो आशा पलाएको थियो,’ दुर्गाले भनिन्, ‘उहाँ त निर्मलाको न्यायका लागि आन्दोलन पनि गरिसक्नुभएको थियो । न्याय माग्ने व्यक्ति न्याय दिने ठाउँमा पुगे पनि न्याय भने पाइएको छैन ।
’ दुर्गाले दोषी पत्ता लगाउने राज्यको इच्छा नै नभएका कारण घटनाको अनुसन्धानमा प्रगति नदेखिएको आरोप लगाइन् । प्रहरी भने घटनाको गम्भिर ढंगले अनुसन्धान भइरहेको बताइरहेको छ ।
सीआइवीका प्रमुख अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ निर्मला पन्त घटनामा प्रगती शुन्य जस्तै तै पनि अनुसन्धानमा प्रहरी लागेकै बताउछन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले अनुसन्धानका क्रममा ६५५ जनासंग विस्तृत रुपमा सोधपुछ भएको जानकारी दिए । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको डीएसपी बोहराले बताए ।
तपाईको प्रतिक्रिया