logo

नागरिक उन्मुक्ति पार्टी श्रेष्ठ बर्खास्त, रेशम पिता लालबिर चौधरी बने अध्यक्ष

 इसीमाना सम्बाददाता     २०८२ सावन १५ गते ०५: ४९ मा प्रकाशित     230   पटक पढिएको

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो रन्जीता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ ।


 पार्टीको काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै रन्जीतालाई साधारण सदस्य समेत नरहनेगरि बरखास्त गरेको हो।

 

अध्यक्ष चौधरी रेशमलाल चौधरीका पिता हुन । उनी बर्खास्तगीमा परेकी रन्जीताका ससुरा बा हुन ।


 श्रेष्ठमाथि पार्टी निर्णय प्रक्रियामा एकल निर्णय, अधिनायकवादी शैली र विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको थियो।

 

लालवीर चौधरी कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् र नाउपाभित्र प्रभावशाली नेता हुन । 

 

यद्यपि अध्यक्ष श्रेष्ठले आफ्नो पदबाट हटाइएको निर्णय अवैध र विधानविपरीत भन्दै पहिले नै संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधिसकेकी छिन्, र निर्वाचन आयोगमा समेत पत्र पठाइसकेकी छिन्।

 

अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.