logo

आक्रमणकारी वकीललाई कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघको माँग

 इसीमाना सम्वाददाता     २०८२ सावन २७ गते ०७: १७ मा प्रकाशित     749   पटक पढिएको

जनकपुर । नेपाल पत्रकार महासंद्द केन्द्रीय समितिले एब बिज्ञप्ति जारी गर्दै धुनषास्थित नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 


उक्त जग्गा महासंघ प्रदेश समितिले २० वर्षका लागि लिजमा लिएकोमा नेपाल बार एशोसिएसन धनुषाले आफ्नो हक लाग्ने भन्दै जग्गा कब्जाको प्रयास गर्न खोज्नु शोभनीय विषय नभएको महासंघले जारी गरेको बिज्ञप्ति मा उललेख छ ।  

 


नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको बिज्ञप्तिमा प्रदेश समितिले जग्गा संरक्षण गर्न तारले घेराबार गरिरहेका बेला साउन २७ गते बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको एक समुहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनिता यादव लगायतलाई आक्रमण समेत गरेको घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ भनिएको छ  ।  

 


कुटपिटबाट मधेश प्रदेशका महासचिव क्रान्तिको खुट्टा भाँच्चिएको छ भने पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ । महासंघले घाईते पत्रकारको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 


“अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौ त्यही हुन्छ” भन्दै पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो ।

 

अतः पत्रकारमाथि आक्रमणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही, घाइते पत्रकारको उपचार र भविष्यमा यस प्रकारको घटना दोहोरिन नदिने प्रबन्ध मिलाउन महासंघ सम्बद्ध निकायसंग जोडदार माग गर्दछ बिज्ञप्तिमा भनिएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.