logo

आक्रमणकारी वकीललाई कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघको माँग

 इसीमाना सम्वाददाता     २०८२ सावन २७ गते ०७: १७ मा प्रकाशित     407   पटक पढिएको

जनकपुर । नेपाल पत्रकार महासंद्द केन्द्रीय समितिले एब बिज्ञप्ति जारी गर्दै धुनषास्थित नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 


उक्त जग्गा महासंघ प्रदेश समितिले २० वर्षका लागि लिजमा लिएकोमा नेपाल बार एशोसिएसन धनुषाले आफ्नो हक लाग्ने भन्दै जग्गा कब्जाको प्रयास गर्न खोज्नु शोभनीय विषय नभएको महासंघले जारी गरेको बिज्ञप्ति मा उललेख छ ।  

 


नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको बिज्ञप्तिमा प्रदेश समितिले जग्गा संरक्षण गर्न तारले घेराबार गरिरहेका बेला साउन २७ गते बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको एक समुहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनिता यादव लगायतलाई आक्रमण समेत गरेको घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ भनिएको छ  ।  

 


कुटपिटबाट मधेश प्रदेशका महासचिव क्रान्तिको खुट्टा भाँच्चिएको छ भने पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ । महासंघले घाईते पत्रकारको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 


“अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौ त्यही हुन्छ” भन्दै पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो ।

 

अतः पत्रकारमाथि आक्रमणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही, घाइते पत्रकारको उपचार र भविष्यमा यस प्रकारको घटना दोहोरिन नदिने प्रबन्ध मिलाउन महासंघ सम्बद्ध निकायसंग जोडदार माग गर्दछ बिज्ञप्तिमा भनिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.