logo

जनकपुर घटनामा मानव अधिकार आयाेग सहित विभिन्न संस्थाकाे चासाे

 ईसिमाना     २०८२ सावन २८ गते ०२: ५७ मा प्रकाशित     622   पटक पढिएको

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ४ स्थित स्वर्गद्वारी नजिकको जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको सम्झौता अनुसार प्राप्त गरेपछि सोही जग्गाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन पश्चात् जग्गामा तारको घेरा हाल्दाखेरि नेपाल बार एसोसन जनकपुरका केही पदाधिकारीहरू र अधिवक्ताहरूको एक समूहले पत्रकारहरुलाई घेरा हाली गरेको सांघातिक आक्रमणबारे आवश्यक तथ्य बुझ्न राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।   

 

 राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका कार्यालयबाट मानव अधिकार अधिकृत द्वय किरण घिमिरे र राहुल कुमार ठाकुर तथा आयोगको सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोली नेपाल पत्रकार महासंघ मधेस प्रदेशको कार्यालयमा आएर सो घटना बारेमा विस्तृत जानकारी लिएका छन् ।

 

यस बाहेक आयोगका कर्मचारीहरूको टोली अन्य घाइते तथा सम्बन्धित व्यक्तिहरूसँग समेत आवश्यक जानकारी लिएको बुझिएको छ नेपाल वार एसोसिएसन जनकपुरधामका अधिवक्ता वकिलहरूको कुटाईबाट को , को घाइते भएका र उनीहरूको अवस्था हाल कस्तो रहेको बारेमा जानकारी लिए ।

 

 वकिलहरूको आक्रमणबाट नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको सहितका घटनाका बारेमा महासंघका मधेस प्रदेश कार्यालयले विस्तृत जानकारी दिएका थिए।

 

त्यसैगरी पत्रकार महिला र नेपाल पत्रकार महासंघ मधेेश प्रदेशका उपाध्यक्ष ज्योति झा र अर्का पत्रकार बिनीता यादवसँग लैङ्गिक संवेदनशीलतासमेतलाई ख्याल नगरी आपत्तिजनक स्थानहरूमा हातपात गर्दै दुर्व्यवहार गरेको जानकारी समेत उनीहरूलाई नेपाल पत्रकार महासङ्घले दिएको छ।

 

 सो घटनाको सत्यतथ्य र छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्दै महासंघले नेपालमा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादालाई कायम गराउन र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनका लागि आयोगले आवश्यक सिफारिस गर्नुपर्ने बारेमा अनुरोध समेत गरेका थिए।

 

 

 सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरणगुप्ता सहितका पत्रकारहरूको सहभागिता रहेको थियो।

 

 

आयोगका कर्मचारीहरूले आफूहरूले प्राप्त गरेको जानकारी र अन्य खोजबिन अनुसन्धानसमेत गरी तत्काल रिपोर्ट पेश गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यसै बीच मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव सहितको टोली पनि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको कार्यालयमा आएर हालसम्मका घटनाका बारेमा विस्तृत जानकारी लिएका छन् ।

 

 यसअघि समेतका कार्यवाहक अध्यक्ष सुरेश यादव, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेस प्रदेश कार्यालयका प्रमुख राजु पासमान को टोली हिजै प्रादेशिक अस्पताल जनकपुरधाममा गएर घाइतेहरूसँग भेटघाट गरी घटनाका बारेमा आवश्यक जानकारी लिएका थिए।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.