logo

जनकपुर बार र नेपाल पत्रकार महासंघवीचको बिवाद सकियो,आगामी दिनमा सहकार्यको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८२ भदौ ४ गते ०७: ५४ मा प्रकाशित     900   पटक पढिएको

जनकपुरधाम ।  नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको जग्गा विवाद अन्ततः समाधान भएको छ ।

 

मंगलवार दुबै संस्थाले बिवाद समाधानकोलागि एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बिवाद समाधान भएको हो । 

यो मिलापत्रअनुसार, जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा अब दुवै संस्थाले बाँडफाँट गरेर प्रयोग गर्नेछन्।

May be an image of 4 people and text

जनकपुर बारले आफना सदस्यहरुको सवारी साधन पार्किङलागि सव लिज अन्र्तगत भाडामा जमिन प्रयोग गर्ने सहमती भएको छ । 

 

 बाटो बाहेक ४१ फिट चौडाई र ९० फिट लम्बाई भएको क्षेत्रफलको जग्गा बारले पार्किङकालागि उपयोग गर्ने छ ।

 

नेपाल पत्रकार महासंघले गुठी संस्थानबाट वार्षिक ३ लाख १ हजार रुपैया भाडा तिर्नेगरि लिएको सो जग्गाको जनकपुरवारले उपयोग गर्ने जग्गाको अनुपातमा भाडा बुझाउने गरी सहमति भएको बताइएको छ  । बाँकी भागमा पत्रकार महासंघले आफ्नो बहुउद्देश्यीय भवन निर्माण गर्नेछ।

May be an image of 11 people

मिलापत्रमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन। दुवै पक्षले यसअघि भएको विवादका घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

 

 सहमतिसँगै दुवै पक्षले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आलोचनात्मक पोस्ट नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुई दिनभित्र एकअर्काविरुद्धका सबै कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने समझदारी पनि भएको छ।

 

यो समझ्दारी अनुसार जकपुर बारले उच्च अदालत जनकपुरमा दायर गरेको रिट फिर्ता लिने र नेपाल पत्रकार महासंघले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी फिर्ता लिने छन । 

May be an image of 9 people and people studying

यो सहमतिलाई सम्भव बनाउन दुवै संस्थाले गठन गरेका उच्चस्तरीय वार्ता समितिको भूमिका महत्त्वपूर्ण रह्यो। नेपाल पत्रकार महासंघले केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेको संयोजकत्वमा रहेको मिशन टोलीलाई नै वार्ताको सहजीकरणकालागि जिम्मेवारी दिएको थियो । टोलीमा केन्द्रीय सदस्यद्वय राजेश कर्ण र राजु बिश्वकर्मा रहेका थिए ।

 

 बार एसोसिएसनका तर्फबाट केन्द्रीय सचिव बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र श्यामकुमार मिश्र सदस्य रहेका थिए ।  सहमती पछि दुबै संस्थाका अध्यक्षले समझ्दारीपूर्ण सहकार्यकालागि प्रतिवद्धता जनाएका छन ।

यो मिलापत्रले पेशागत संस्थाहरूबीचको विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

May be an image of 9 people and text

FB_IMG_1755662213257.jpg?resize=720%2C1017&ssl=1

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.