logo

खानेपानी मन्त्री यादवलाई धम्की दिएको आरोप लागेकी टिकटकर साह पाँच हजार धरौटीमा रिहा

 इसीमाना सम्वाददाता     २०८२ भदौ १९ गते ०५: १९ मा प्रकाशित     505   पटक पढिएको

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी वीरगन्जवासी किरण साहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

 

न्यायधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


बुधबार पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान फाइल बुझाएपछि आज जिल्ला अदालत पर्सामा बहस भएको थियो ।

 

प्रहरीले गत शनिबार पक्राउ परेकी साहलाई मंगलबार दोस्रो पटक अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो । अनुसन्धान सकेर बुधबार प्रहरीले फाइल वकिल कार्यालयलाई बुझाएको थियो ।

 

वीरगन्जमा हैजा प्रकोप फौलिएपछि हाल वीरगन्ज मुर्लीमा बसोबास गरिरहेकी बारा कलैयाकी स्थानीय बासिन्दा किरण साहले खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर आक्रोशित शैलीमा प्रश्न गरेकी थिइन् । वीरगन्ज स्थायी घर भएका मन्त्री यादव पर्सा–१ बाट निर्वाचित सांसद पनि हुन् । फोन संवादमा साहले मन्त्री यादवलाई धम्कीपूर्ण शैलीमा प्रश्न गरेकी थिइन् ।

 

सोही संवादलाई लिएर मन्त्री यादवको सचिवालयले दिएको उजुरीका आधारमा पर्सा प्रहरीले उनलाई गत शनिबार पक्राउ गरेको थियो । उनीविरुद्ध मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह भौलाएको, विद्युतिय कारोवारसम्बन्धि अपराधमा गरी तीन वटा मुद्दा दायर गरेर अनुसन्धान गरेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.