logo

चीनीया राष्ट्रपती समक्ष लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्बन्धी उठाएको कुरा रेकर्डेड छः प्रधानमन्त्री ओली

 इसीमाना सम्बाददाता     २०८२ भदौ २० गते ०१: ३८ मा प्रकाशित     175   पटक पढिएको

वीरगंज ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  चीनका राष्ट्रपति सी चिन फिङसँग लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा कुरा उठाएको बताएका छन्।

 

शुक्रबार सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले राष्ट्रको हितलाई प्राथमिकता दिँदै चीन भ्रमणका क्रममा आफ्नो धारणा स्पष्ट रूपमा राखेको बताएका हुन्।

 

 दुई देशले व्यापारिक आदानप्रदान लिपुलेक पास हुदै गर्ने भन्ने कुरा नेपाललाई स्वीकार्य हुँदैन भन्ने कुरा प्रष्ट राखेको छु,” ओलीले भने, “यो कुरा रेकर्डेड छ, अडियोमा छ, भिडियोमा छ, नोट र टिपोटहरूमा छ।”

 

उनले भारत–चीनबीच भएको व्यापारिक सम्झौताले नेपालको सीमा चासो ओझेलमा पार्ने खतरा देखिएकाले चीनसँग प्रत्यक्ष कुरा गरेको स्पष्ट पारे।

 

 “तेस्रो देशलाई समावेश गरेर होइन, भारत र चीनबीच भएको सम्झौताका कारण चीनसँग आफ्ना सार्वभौमिकतासम्बन्धी कुरा राखेको हुँ,” ओलीले भने।

 

प्रधानमन्त्री ओलीका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमिकताको सम्मान गर्ने आश्वासन दिएका थिए।

 

 उनले भने, “चिनियाँ राष्ट्रपति सीले भन्नुभयो– यो विषय भारत र नेपालको हो, तपाईंहरूले वार्ताबाट समाधान गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं। चीन नेपालको सार्वभौमिकताप्रति पूर्ण सम्मान गर्छ।”

 

लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग नेपालकै अविभाज्य अंग भएको पुनः दोहोर्याउँदै ओलीले एमाले सधैं भू–अखण्डता र सार्वभौमिकताको पक्षमा दृढ रहने स्पष्ट पारे।

 

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा पर्छ । २०१५ मा भारत–चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सम्झौता भएपछि यो विषय थप संवेदनशील बनेको थियो। नेपालले यसलाई आफ्नो सार्वभौमिकतामाथिको अतिक्रमण भन्दै कूटनीतिक रूपमा विरोध जनाउदै आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.