logo

सखुवा प्रसौनीमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण,अन्य वडामा पनि लालपूर्जा बितरण गरिने पालिका अध्यक्ष यादवको भनाई

 इसीमाना सम्बाददाता     २०८२ असोज ४ गते १२: २६ मा प्रकाशित     1562   पटक पढिएको

लालपूर्जा प्राप्त गरका जनताको वीचमा पालिका अध्यक्ष यसवन्त यादव र भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद र आयोगका सदस्यहरु

पर्सा । भूमी समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ।

 

आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार उक्त कार्यक्रममा ७ अव्यवस्थित परिवार र ३७ भूमिहीन दलित तथा सुकुम्वासी गरी कुल ४४ जनालाई जग्गाको लालपुर्जा वितरण गरिएको हो।

May be an image of 2 people and text that says 'पूजा वितरण कार्यत्रम सी र अव्यवस्थित बसोबासीहरुका वितरण का लिका, पर्सा ပြ ... द एबाग pf पतरরी 도프블런'

लामो समयदेखि जग्गा अभावमा असुरक्षित रूपमा बस्दै आएका नागरिकहरूले अब आफ्नो नाममा कानुनी स्वामित्वको प्रमाणपत्र प्राप्त गरेका छन्।

 

लालपुर्जा पाएपछि उनीहरूले अब सुरक्षित बसोबास गर्न, सरकारी सुविधा लिन तथा आफ्नो जमिनलाई धितो राखेर व्यवसाय वा अन्य आयआर्जनका काम गर्न सक्ने आयोगका अध्यक्ष अहमदले बताए

पूर्जा बितरण गर्दै उनले नागरिकको अनुहारमा खुशी देख्दा आफूहरुले गरेको काम अर्थपूर्ण रहेको बताए । भूमी अभावमा रहेका नागरिकले भूमीको स्वामित्व पाएका छन सुकुम्वासी बाट मुक्त भएका छन राज्यको यो अवधारणा महत्वपूर्ण रहेको उनको भनाई छ ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले भूमिहीन र सुकुम्वासीलाई कानुनी स्वामित्व दिलाउन आयोगले थालेको पहललाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्।

 

लालपूर्जा बितरण गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले आफना नागरिक जमिनको मालिक भएकोमा खुशी ब्यक्त गरे ।

 

उनले पालिका भित्रका अन्य नागरिकलाई पनि जमिनको मालिक बनाउने गरि काम गर्ने बताए । उनले सुकुम्वासी सर्वहारा जनताको हितमा काम गर्ने पार्टीको कायृकर्ता भएको नाताले पनि लालपूर्जा वितरण गर्न पाउदा आफूलाई गौरबको बोध भएको बताए ।

 

कोही नागरिक जमिन बिहिन हुन नहुने कुराको सुनिश्चितता गर्नकालागि ०५१ सालमा मनमोहन अधिरकाीको प्रधानमन्त्रीत्वमा बनेको नेकपा एमालेको सरकारले सुकुम्वासी समस्याको अन्त्य गर्नकालागि काम शुरु गरेको उनले स्मरण गरे । 

 

लालपुर्जा पाएका लाभग्राहीहरूले दशकौंको संघर्षपछि प्राप्त अधिकारप्रति खुसी व्यक्त गर्दै आगामी पुस्ताका लागि सुरक्षित भविष्यको आधार तयार भएको बताएका छन्।

May be an image of 3 people, people smiling and text that says 'मघेश भुम भूमि समस्या समाधान आयाग पर्सा शरके पहिलो पू्जा वितरण कार्यत्रम भुमिहिन सुकुम्ासी र अव्यवस्थित बसोबा लागी लालपूज कर्यत्रम सहकार्य सौनी गा/ ते कार्या นกกุนนร'

 शनिबार आयोजित विशेष कार्यक्रमका बीच आयोगले दशौं वर्षदेखि जमिनविना पीडित हुँदै आएका स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गरेको हो। लालपुर्जा पाएका नागरिकहरुले अब आफूहरूको जीवनमा ठूलो सहजता आउने विश्वास व्यक्त गरेका छन्।


भूमी आयोगका पदाधिकारीहरूले यसलाई दीर्घकालीन रूपमा भूमी व्यवस्थापनतर्फको महत्त्वपूर्ण कदम भन्दै अझै भूमीविहीनलाई न्याय दिलाउने कार्य निरन्तर अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.