logo

सखुवा प्रसौनीमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण,अन्य वडामा पनि लालपूर्जा बितरण गरिने पालिका अध्यक्ष यादवको भनाई

 इसीमाना सम्बाददाता     २०८२ असोज ४ गते १२: २६ मा प्रकाशित     1197   पटक पढिएको

लालपूर्जा प्राप्त गरका जनताको वीचमा पालिका अध्यक्ष यसवन्त यादव र भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद र आयोगका सदस्यहरु

पर्सा । भूमी समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ।

 

आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार उक्त कार्यक्रममा ७ अव्यवस्थित परिवार र ३७ भूमिहीन दलित तथा सुकुम्वासी गरी कुल ४४ जनालाई जग्गाको लालपुर्जा वितरण गरिएको हो।

May be an image of 2 people and text that says 'पूजा वितरण कार्यत्रम सी र अव्यवस्थित बसोबासीहरुका वितरण का लिका, पर्सा ပြ ... द एबाग pf पतरরी 도프블런'

लामो समयदेखि जग्गा अभावमा असुरक्षित रूपमा बस्दै आएका नागरिकहरूले अब आफ्नो नाममा कानुनी स्वामित्वको प्रमाणपत्र प्राप्त गरेका छन्।

 

लालपुर्जा पाएपछि उनीहरूले अब सुरक्षित बसोबास गर्न, सरकारी सुविधा लिन तथा आफ्नो जमिनलाई धितो राखेर व्यवसाय वा अन्य आयआर्जनका काम गर्न सक्ने आयोगका अध्यक्ष अहमदले बताए

पूर्जा बितरण गर्दै उनले नागरिकको अनुहारमा खुशी देख्दा आफूहरुले गरेको काम अर्थपूर्ण रहेको बताए । भूमी अभावमा रहेका नागरिकले भूमीको स्वामित्व पाएका छन सुकुम्वासी बाट मुक्त भएका छन राज्यको यो अवधारणा महत्वपूर्ण रहेको उनको भनाई छ ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले भूमिहीन र सुकुम्वासीलाई कानुनी स्वामित्व दिलाउन आयोगले थालेको पहललाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्।

 

लालपूर्जा बितरण गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले आफना नागरिक जमिनको मालिक भएकोमा खुशी ब्यक्त गरे ।

 

उनले पालिका भित्रका अन्य नागरिकलाई पनि जमिनको मालिक बनाउने गरि काम गर्ने बताए । उनले सुकुम्वासी सर्वहारा जनताको हितमा काम गर्ने पार्टीको कायृकर्ता भएको नाताले पनि लालपूर्जा वितरण गर्न पाउदा आफूलाई गौरबको बोध भएको बताए ।

 

कोही नागरिक जमिन बिहिन हुन नहुने कुराको सुनिश्चितता गर्नकालागि ०५१ सालमा मनमोहन अधिरकाीको प्रधानमन्त्रीत्वमा बनेको नेकपा एमालेको सरकारले सुकुम्वासी समस्याको अन्त्य गर्नकालागि काम शुरु गरेको उनले स्मरण गरे । 

 

लालपुर्जा पाएका लाभग्राहीहरूले दशकौंको संघर्षपछि प्राप्त अधिकारप्रति खुसी व्यक्त गर्दै आगामी पुस्ताका लागि सुरक्षित भविष्यको आधार तयार भएको बताएका छन्।

May be an image of 3 people, people smiling and text that says 'मघेश भुम भूमि समस्या समाधान आयाग पर्सा शरके पहिलो पू्जा वितरण कार्यत्रम भुमिहिन सुकुम्ासी र अव्यवस्थित बसोबा लागी लालपूज कर्यत्रम सहकार्य सौनी गा/ ते कार्या นกกุนนร'

 शनिबार आयोजित विशेष कार्यक्रमका बीच आयोगले दशौं वर्षदेखि जमिनविना पीडित हुँदै आएका स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गरेको हो। लालपुर्जा पाएका नागरिकहरुले अब आफूहरूको जीवनमा ठूलो सहजता आउने विश्वास व्यक्त गरेका छन्।


भूमी आयोगका पदाधिकारीहरूले यसलाई दीर्घकालीन रूपमा भूमी व्यवस्थापनतर्फको महत्त्वपूर्ण कदम भन्दै अझै भूमीविहीनलाई न्याय दिलाउने कार्य निरन्तर अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.