logo

नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या,  जिम्मेवारी कसले लिने ?

 इसीमाना सम्वाददाता     २०८२ असोज ५ गते ०५: १९ मा प्रकाशित     182   पटक पढिएको

काठमाडौं।  नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै घरमा श्रीमतीको हत्या गरेका छन्। पनौती नगरपालिका–१२ कलाँतीस्थित घरको करेसामा ३१ वर्षीया जमुना तामाङलाई हत्या गरी गाडिएको अवस्थामा फेला पारिएको हो।

 

हत्या गर्ने व्यक्ति उनका श्रीमानर सन्त बहादुर तामाङ हुन्, जो गत जेनजी आन्दोलनका बेला नख्खु जेलबाट भागेका थिए।

सन्तबहादुर तामाङलाई जर्बजस्तीकरणी उद्योग मुद्दामा तीन वर्षे कैद सजाय तोकिएको थियो। तर उनको कैद अवधि समाप्त हुन  मात्र एक महिना बाँकी थियो। यसैबीच २४ गते नख्खु कारागारबाट भागेर उनी घर पुगेका थिए र आफ्नै श्रीमतीको हत्या गरे ।

 

 यो घटना केवल एक परिवारको त्रासदी मात्र होइन, कारागार प्रशासन र राज्यको जिम्मेवारीबारे पनि गम्भीर प्रश्न खडा गर्ने खालको बिषय हो ।

 

आन्दोलनका नाममा कारगारबाट कैदीहरु भाग्ने वतावरण बनाउने को हुन ? एउटा जीवनको इहलिला समाप्तीको यो दर्दनाक घटनाको जिम्मा तिनको पनि हो । सुरक्षा निकायले समयमै नियन्त्रण गर्न नसक्दा निर्दोष महिलाले ज्यान गुमाउनुपरेको हो, यसको जवाफदेही को हो ? 

स्थानीयवासीका अनुसार, सन्तबहादुर र जमुनाबीच केही दिनदेखि विवाद चलिरहेको थियो। यही विवादको क्रममा उनले श्रीमतीको हत्या गरी शवलाई घरको पछाडिको करेसामा गाडिदिएका थिए।


तीन दिनदेखि सम्पर्कविहीन भएकी जमुनाको खोजी गर्दा शव भेटिएको हो।हत्या पछि सन्तबहादुर फरार भएका छन्। मृतकका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्।

 

प्रहरी टोली घटनास्थल पुगेको छ। अहिले सन्तबहादुरको खोजतलास भइरहेको काभ्रे प्रहरी प्रमुखले जानकारी दिएका छन्।


जेल व्यवस्थापनमा लापरबाही र सुरक्षा निकायको कमजोरीकै कारण समाजले अझै एउटा निर्दोषको ज्यान गुमाएको छ।
अब प्रश्न यही हो—सन्तबहादुरको हातमा रगत त लागेको छ, तर यसको जिम्मेवारी लिने हात कुन हो ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.