logo

गरिब सुकुम्वासीको सपना टुट्ने खतरा,जेन जी सरकार भूमिहीन–विरोधी प्रमाणित हुँदै

 इसीमाना सम्वाददाता     २०८२ असोज ८ गते ०९: २० मा प्रकाशित     763   पटक पढिएको

पूर्जा पाएपछि खुशी, पर्साको सखुवा प्रसौनी गाउँपालिकाका नागरिक

काठमाडौं । मुलुकभर करिब १२ लाख भूमिहीन नागरिक वर्षौंको संघर्षपछि यस पटक आफू बसेको माटोको स्वामित्व पाउने कुरामा ढुक्क भएका थिए। 

 

जमिनको लालपुर्जा हातमा पर्ने आशाले उनीहरूको जीवनभरको पीडा र असुरक्षामा केही भए पनि उज्यालो देखिएको थियो।

जमिनको लालपुर्जा केवल कागज होइन—यो गरिब, सुकुम्वासी र सर्वहारा जनताको लागि जीवन र भविष्यको आधार हो।

 

 लालपुर्जा हातमा आउनासाथ मात्र उनीहरूको घर–आँगन सुरक्षित हुन्छ, उत्पादनमूलक श्रम गर्ने आत्मविश्वास बढ्छ र आफ्ना सन्तानलाई गरिबीको पीडाबाट मुक्त गर्ने बाटो खुल्छ।

 

तर, अहिले जेन जी सरकारले भूमिसम्बन्धी आयोग नै खारेज गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि यी सबै सपना धरापमा पर्ने खतरा बढेको छ।

 

यस निर्णयले गरिब, निमुखा र सुकुम्वासीविरुद्ध सरकार खुलेआम खडा भएको प्रमाणित भइरहेको छ। सरकार गरिव बिरोधी बित्तामा उभिएको उनीहरुको बुझाई छ ।

 

ऐनद्वारा बनेको आयोग यो अन्तिम पटककालागि निर्माण भएको थियो । अन्तिम पटक मुलुकको भूमि समस्या हल गरेर भूमि नभएका गरिब सर्वहारा दलीत सुकुम्बासी जनतालाई जग्गाको स्वामित्व दिने गरि बनेको आयोगको खारेजीसंगै समस्या ज्यूका त्यूँ रहने संशय बढेको छ । आयोगले भने ठाउँ ठाउँमा पूर्जा बितरणको काम पनि शुरु गरेको थियो । 

 

जनताले भोग गर्दै आएको जमिनकै स्वामित्वबाट वञ्चित गर्ने, दशकौंको संघर्षलाई निरर्थक बनाउने र जमीनमा कब्जा जमाएका दलाल–सामन्तको स्वार्थलाई जोगाउने सरकारी प्रयासले भूमिहीन नागरिकहरूमा असुरक्षा र आक्रोश दुवै बढेको छ।

सर्वहारा वर्गका लागि जमिनको लालपुर्जाको अर्थ—स्वाभिमान, सुरक्षाको अनूभूती, श्रमको सम्मान र सन्तानको भविष्य हो।

 

 त्यसैले जमिनको स्वामित्वको अधिकार कुनै दया–दान होइन, यो जनताको राजनीतिक तथा सामाजिक हक हो।नेपालको संबिधान २०७२ ले यसलाई सम्बैधानिक रुपमै मौलीक हकको रुपमा समेत प्रवन्ध गरेको छ ।

 

गरिब जनताको जमिन अधिकार खोस्ने प्रयास अन्ततः जनआन्दोलनकै विषय बन्ने निश्चित छ। पूर्जा बिहिन नागरिकलाई जमिनको मालिक बनाउने अभियानलाई पर्सामा तिब्रता दिइरहेको अवस्थामा खारेजीको ब्यवस्था मिलाईने सरकारी निर्णयले अन्यौलता सृजना गरेको आयोग पर्साका अध्यक्ष तवरेज अहमदले बताए ।

 

उनले दैश र तिहारको वीचमा ठोरी , पटेर्वा सुगौलीमा पूर्जा तिरण गर्ने तयारी भएको स्मरण गरे ।

 

उनले जनताको हितमा काम गर्नु राज्यको दायित्व भएको चर्चा गर्दै आयोगको काम  ठिक र उचित रहेकोले त्यसको खारेजी भन्दा पनि गुणात्मक कामको सुनिश्चिततामा ध्यान दिनु आवश्यक रहेको बताए ।

 

उनले राजनीतिक दलका कायर्कर्ताको रोजगारीको रुपमा चर्चा गरेर दलीत भूमिहिन नागरिकको हक प्रत्याभूती गर्नबाट रोक्न पाइदैन ।

 

ब्यक्ति मन नपरेको हो भने ब्यक्ति हटाउ तर मौलीक हकबाट भूमिहिन नागरिकलाई बन्चित गर्ने गैरकानूनी काम नगर्न उनले सुझएका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.