logo

नेपाली कांग्रेसका नेता रुङ्गटाको घरमा गरिएको आगजनीमा परि ज्यान गुमाएकी महिलालाई श्रद्धाञ्जली, परिवारलाई १ लाख सहयोग

 इसीमाना सम्वाददाता     २०८२ असोज ८ गते १०: ५४ मा प्रकाशित     534   पटक पढिएको

पर्सा । जेन जी आन्दोलनको क्रममा आगलागीमा परेर ज्यान गुमाएकी सखुवा प्रसौनी गाउँपालिका–२ सखुइ जमुनिया निवासी ४५ वर्षीया सोशीलादेवी हजारालाई श्रद्धाञ्जली अर्पण गरिएको छ। गाउँपालिकाले मृतकको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

 

गत भदौं २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा भएको आगजनीमा परेर गम्भीर घाइते भएकी हजाराको उपचारको क्रममा सोमबार निधन भएको थियो ।

 

गाउँपालिका अध्यक्ष जसवन्त यादवले दुखद घडीमा मृतक परिवारलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले १ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए। “हामी उनको परिवारसँग छौं, पालनपोषण र आवश्यक सहयोगका लागि सधैं तत्पर रहनेछौं,” अध्यक्ष यादवले भने।


अध्यक्ष यादवका अनुसार, मृतक सोशिलाको चार छोरी र एक छोरा छन।जसमध्ये दुई जना छोरीको विवाह भइसकेको छ ।उनका पति लालबाबु हजरा भने वैदेशिक रोजगारीबाट केही दिन अगाडि मात्रै घर फर्किएका थिए।

 

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको घरमा अराजक समुहले गरेको आगजनीमा जलेर हजरासंगै त्यसघरमा रहेका भारत बिहार राज्यको सुगौलीका १८वर्षीय विनय यादवपनि गम्भीर घाइते भएका थिए ।

 

रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत हजाराको काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १०ः २२ बजे उनको मृत्यु भएको हो ।

 

रुंगटाको घरमा गरिएको आगजनीबाट हजरासंगै जलेर गम्भीर घाइते भएका भारतीय युवक यादव भने हाल कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन।

 

उनको अवस्थामा सुधार भइरहेको छ । आगजनीबाट रुङ्गटा चार वटा घर गाडी सहित अन्य भौतीक सम्पती पूर्ण रुपमा क्षती भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पर्सा प्रहरीको चेतावनी, सामाजिक सञ्जालका भ्रामक समाचारप्रति सतर्क रहन अनुरोध

वीरगंज ।  पर्सा जिल्लामा सामाजिक सञ्जालहरू टिकटक फेसबुक लगायतका सामाजिक नेकवर्क मार्फत तोडफोड, आगजनी र अशान्ति भएको भनेर फैलिएका भिडियो र समाचारहरू पूर्ण रूपमा भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.