वीरगञ्ज । पर्साको चर्चित शिवम साह कानु (गोल्डेन) हत्याकाण्डमा संलग्न चार जना प्रतिवादीलाई अदालतको आदेशमा पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ।
वीरगंज महागरपालिका वडा नं २४ का १९ वर्षिय गौतम पटेल,२० वर्षिय शुभ शंकर चौरसिया,२२ वर्षिण करण पटेल र अन्य एक जना लाई कारगार चलान गरेको हो ।
गत असोज १४ गते वीरगञ्ज महानगरपालिका–१०, गीता मन्दिर सडकछेउमा लागेको गहवामाई मेलामा भएको हत्याकाण्डमा संलग्न आरोपितहरूलाई पर्सा जिल्ला अदालतले शुक्रवार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
उक्त घटनामा वीरगञ्ज–१० का २० वर्षीय शिवम साह कानु (गोल्डेन)लाई समूहगत रूपमा कुटपिट गरी धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो।
प्रहरीले सो हत्यामा संलग्न रहेका “खुनी दरिन्दे” नामक समूहका सदस्यहरूलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।
अदालतको आदेशपछि ती सबैलाई वीरगञ्ज कारागार कार्यालयमा पुर्पक्षका लागि चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तपाईको प्रतिक्रिया