logo

करार कर्मचारीलाई महँगी भत्ता दिन सर्वोच्चको परमादेश, सरकारको तर्फबाट छिटो कार्यान्वयनका लागि मन्त्रालयहरूलाई निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २२ गते ०८: ४२ मा प्रकाशित     544   पटक पढिएको

काठमाणडैं । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन दिएको परमादेश कार्यान्वयनमा सरकारले पहल शुरु गरेको छ ।

 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले अर्थ, सामान्य प्रशासन, कानून मन्त्रालय लगायत सम्बन्धित निकायहरूलाई आदेश छिटो कार्यान्वयन गर्न औपचारिक पत्राचार गरेको छ।

 

 कार्यालयले सर्वोच्चको आदेश सम्बन्धित मन्त्रालयकै क्षेत्राधिकारमा पर्ने भएकाले “यथाशिघ्र कार्यान्वयन गरी फैसला कार्यान्वयन निर्देशनालयलाई समेत जानकारी गराउन” स्पष्ट निर्देशन दिएको छ।

 

सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले करार कर्मचारीलाई स्थायी कर्मचारीसरह महँगी भत्ता दिनुपर्ने आदेश जारी गरेको थियो।

 

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिट एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते दायर गरेका थिए।

 

सर्वोच्चको आदेश आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई फैसला कार्यान्वयनका लागि आवश्यक एजेन्डा, विवरण र आधिकारिक प्रतिवेदन तयार पार्न आग्रह गरेको छ।

 

 पत्रमा निर्णयलाई प्रभावकारी बनाउनेगरी आन्तरिक समन्वयसँगै कार्ययोजना स्पष्ट रूपमा पेश गर्न भनिएको छ।

सरकारले भत्ता सम्बन्धी सर्वोच्चको आदेशले करार कर्मचारीको समान अधिकार सुनिश्चित गर्ने बताउँदै, कार्यान्वयन प्रक्रियामा ढिलाइ नहुने प्रतिबद्धता जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.