logo

करार कर्मचारीलाई महँगी भत्ता दिन सर्वोच्चको परमादेश, सरकारको तर्फबाट छिटो कार्यान्वयनका लागि मन्त्रालयहरूलाई निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २२ गते ०८: ४२ मा प्रकाशित     740   पटक पढिएको

काठमाणडैं । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन दिएको परमादेश कार्यान्वयनमा सरकारले पहल शुरु गरेको छ ।

 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले अर्थ, सामान्य प्रशासन, कानून मन्त्रालय लगायत सम्बन्धित निकायहरूलाई आदेश छिटो कार्यान्वयन गर्न औपचारिक पत्राचार गरेको छ।

 

 कार्यालयले सर्वोच्चको आदेश सम्बन्धित मन्त्रालयकै क्षेत्राधिकारमा पर्ने भएकाले “यथाशिघ्र कार्यान्वयन गरी फैसला कार्यान्वयन निर्देशनालयलाई समेत जानकारी गराउन” स्पष्ट निर्देशन दिएको छ।

 

सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले करार कर्मचारीलाई स्थायी कर्मचारीसरह महँगी भत्ता दिनुपर्ने आदेश जारी गरेको थियो।

 

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिट एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते दायर गरेका थिए।

 

सर्वोच्चको आदेश आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई फैसला कार्यान्वयनका लागि आवश्यक एजेन्डा, विवरण र आधिकारिक प्रतिवेदन तयार पार्न आग्रह गरेको छ।

 

 पत्रमा निर्णयलाई प्रभावकारी बनाउनेगरी आन्तरिक समन्वयसँगै कार्ययोजना स्पष्ट रूपमा पेश गर्न भनिएको छ।

सरकारले भत्ता सम्बन्धी सर्वोच्चको आदेशले करार कर्मचारीको समान अधिकार सुनिश्चित गर्ने बताउँदै, कार्यान्वयन प्रक्रियामा ढिलाइ नहुने प्रतिबद्धता जनाइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.