logo

एमाले महाधिवेशनमा जनसागर, ओली भन्छन्– यो लोकतन्त्रप्रतिको विश्वास हो

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २७ गते ०६: ०६ मा प्रकाशित     116   पटक पढिएको

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन भएको छ।

 

शनिबार भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा आयोजित भव्य समारोहबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत पार्टीको झण्डा फहराउँदै ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका हुन।

May be an image of speaker and text

हजारौँ नेता–कार्यकर्ता तथा आम जनसमुदायको उत्साहजनक उपस्थितिमा सम्पन्न उद्घाटन समारोहसँगै नेकपा एमालेको ११ औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको बन्दसत्र भने भोलि र पर्सि काठमाडौँको भृकुटीमण्डपमा हुने छ, जहाँ नयाँ नेतृत्व चयन गरिने छ।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धुवाँ, खरानी र निषेधका सबै प्रहारलाई चिर्दै नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको दाबी गरे।

 

 

उनले  महाधिवेशनमा उपस्थित जनसागर, सागरको एक थोपा मात्र भएको उल्लेख गर्दै नागरिकको यो उपस्थितिले लोकतन्त्र र एमालेप्रतिको जनविश्वास झल्किएको बताए ।

May be an image of one or more people and crowd

‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ,’ अध्यक्ष ओलीले भने।

 

उनले  लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिका रूपमा नेकपा एमालेलाई निर्णायक शक्ति बनाउनु आवश्यक रहेको बताउँदै देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ पार्टी दृढतापूर्वक अघि बढेको स्पष्ट पारे ।

 

एमालेको सङ्कल्प राजनीतिक स्टन्ट नभई व्यवहारमा उतार्न गरिएको प्रतिबद्धता भएको उल्लेख गर्दै ओलीले सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको र दिने दाबी गरे । कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, त्यति नै राष्ट्रियता बलियो हुने उनको भनाइ थियो।

May be an image of one or more people, temple, crowd and text

आठ दशक लामो गौरवशाली यात्रामा नेपाली कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण मानक स्थापित गरेको उल्लेख गर्दै ओलीले नेकपा एमाले सामाजिक न्याय, समावेशिता र जनमुखी विकासको अगुवा भएको बताए । एमालेकै कारण नागरिकको जीवनस्तर सुधारको आधार तयार भएको उनले  दाबी गरे ।

 

राष्ट्रिय राजनीतिमा सबै क्षेत्रको समावेशिता स्थापित गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा पार्टी अग्रसर रहेको बताए । एमाले गाउँमुखी, जनसहभागितामूलक विकास र ठूला विकास योजनाको अभियन्ता मात्र नभई स्वप्नद्रष्टा पार्टीसमेत भएको उनका े भनाइ थियो।

May be an image of one or more people and crowd

अध्यक्ष ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र एकताको सशक्त सन्देश दिने विश्वास व्यक्त गरे । महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको उल्लेख गर्दै उनल े यसको उपस्थितिलाई कसैले कमजोर आँक्न नहुने चेतावनी दिए ।

‘एक र एक मिलेर मात्र ११ बन्छ, छुट्टिँदा फगत एक मात्र हुन्छ,’ ओलीले भने।

 

एमालेले देशलाई गलत दिशामा जान नदिने र लोकतन्त्रको रक्षा गर्दै संसद् पुनःस्थापना गरेरै छाड्ने प्रतिबद्धता समेत उनले  दोहोर्याए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.