वीरगञ्ज । पर्साका एमाले नेता प्रल्हाद गिरी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन्।
पूर्व प्रदेशसभा सदस्यसमेत रहेका गिरीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।
एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका गिरीलाई प्रचण्ड र नेपालले पार्टीमा स्वागत गरेका थिए।
गिरी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए। तर निर्वाचनमा पराजित भएपछि उनी पार्टीभित्र असन्तुष्ट देखिएका थिए।
पार्टीको संस्थापन पक्षबाट अपेक्षित सहयोग नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका उनले अन्ततः एमाले छाड्ने निर्णय गरेका हुन्।उनी नेकपा एमालेमा बैचारिक धरातल कमजोर भएको निष्कर्षमा समेत पुगेका थिए ।
पार्टी भित्र गैर कम्युनिष्ट चरित्र र कार्यशैली हावी भएको भन्दै बिचारधारात्मक आन्दोलनको पक्षमा आवाज उठाउदै आइरहेका थिए ।
पर्सेली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका प्रख्यात नेता गिरीको नेकपा प्रवेश बिचारधारत्मक मात्र होइन भावनात्मक रुपमा पनि सुखद रहेको उनको भनाई छ । उनी आफना कमरेडहरु भएको पार्टीमा पुगेका छन ।
नेकपामा प्रवेशपछि गिरीले पार्टीको नीति, विचार र कार्यक्रमप्रति सहमत हुँदै सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
पार्टी प्रवेश गर्नेहरूमा मधेश प्रदेशसभाका पूर्व सदस्य डा. अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिकाका पूर्व प्रमुख श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, हनिफ अन्सारी (पूर्व वडा अध्यक्ष) तथा राजकुमार गुप्ता (सांसद प्रतिनिधि) रहेका छन्।
यसैगरी, विन्ध्यवासिनीका पूर्व वडा अध्यक्ष संजय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडा अध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडा अध्यक्ष रामरेखा सिंह, वडा अध्यक्ष विरेन्द्र यादव (वडा नं. ७), राधा बैठा, मिना देवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, लगायत रहेका छन्।
नेकपाका शीर्ष नेताहरूले अनुभवी नेताको प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया