logo

ऐतिहासिक पर्सागढी विजय उत्सवको २११ औँ संस्करण भव्य रूपमा आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८२ पौष ८ गते ०९: २१ मा प्रकाशित     434   पटक पढिएको

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा २११ औँ पर्सागढी विजय उत्सवलाई ऐतिहासिक र भव्य रूपमा मनाउन व्यापक तयारी सुरु गरिएको छ।

 

मंगलबार नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रमले उत्सव व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू गरेको पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले जानकारी दिए।

 

बैठकले आगामी २०८२ पुस १९ गते बिहान १० बजेदेखि नगरभित्रका विद्यार्थी, कर्मचारी, शिक्षक, सामाजिक अगुवा तथा आम सर्वसाधारणको उपस्थितिमा सांस्कृतिक झाँकीसहित भव्य विजय उत्सव मनाउने निर्णय गरेको छ।

 

ऐतिहासिक वीरताको प्रतीकका रूपमा रहेको यस दिवसलाई उत्सवमय बनाउन नगरपालिकाले सबै क्षेत्रका नागरिकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

 

यो उत्सवले पर्सागढीको ऐतिहासिक पहिचानलाई उजागर गर्दै स्थानीय एकता र गौरवलाई थप मजबुत बनाउने विश्वास नगरप्रमुख गोकर्ण पाठकले व्यक्त गरे।

पर्सागढी तत्कालीन इष्ट इण्डिया कम्पनीलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक विजयगढी हो। नेपालका गढीहरूमध्ये गोर्खाली सेनाले विजय हासिल गरेको महत्वपूर्ण स्थल हुँदाहुँदै पनि राज्यको पर्याप्त ध्यान नपुगेका कारण पर्सागढी लामो समयसम्म जीर्ण अवस्थामा रहँदै आएको थियो।

 

स्थानीय सरकार गठनपछि यसको ऐतिहासिक महत्व उजागर गर्न संरक्षण, विकास तथा प्रचार–प्रसारमा जोड दिइएको छ। पछिल्ला वर्षहरूमा नेपाली सेनाले समेत यसको संरक्षणप्रति चासो बढाएको छ। त्यसयता प्रत्येक वर्ष पर्सागढीमा विजय उत्सव मनाउँदै आइएको छ।

 

मंगलबार सम्पन्न छलफल तथा बैठकमा नेपाली सेनाको श्रीपुरस्थित श्री जंग गणका गणपति लोकेन्द्र कार्की, पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहसहित नगरपालिका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरी, विद्यालयका शिक्षक, समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

के भएको थियो पर्सागढीमा

वि.स. १८७१ पुस १८ र १९ गते नेपाल र भारतलाई औपनिवेश बनाएर शासन गर्दै आएको ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो ।

 

महेशराज पन्तले लेखेको नेपाल अंग्रेज युद्धको दोस्रो चरण २०२२ पुस्तकको पुष्ठ ७१ मा यसबारेमा उल्लेख छ । नेपालतर्फको नेतृत्व रञ्जित चौधरीले गरेको र अंग्रेजतर्फको नेतृत्व मेजर जनरल मार्ले/कप्तान सिब्लीले गरेक थिए । अंग्रेजहरुको फौज ५ सयको संख्यामा रहेको अनुमान छ ।

 

पूर्वमा सिंग्याही खोला र पश्चिम तिलापे खोलाको बीचमा गढी इलाका रहेको प्रमाणहरु भेटिएको छ । विभिन्न हातहतियारबाट सुसञ्जित अंग्रेज फौजलाई दुवै नदी थुनेर ठूलो संख्यामा भैंसी, राँगा र गोरुहरुको सिंगमा मसाल बाँधेर छोडेर गोर्खाली फौज ठूलो संख्यामा रहेको भान पारी अत्याएर उनीहरुलाई पराजित गरेके किंवदन्ती छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.