logo

ऐतिहासिक पर्सागढी विजय उत्सवको २११ औँ संस्करण भव्य रूपमा आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८२ पौष ८ गते ०९: २१ मा प्रकाशित     85   पटक पढिएको

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा २११ औँ पर्सागढी विजय उत्सवलाई ऐतिहासिक र भव्य रूपमा मनाउन व्यापक तयारी सुरु गरिएको छ।

 

मंगलबार नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रमले उत्सव व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू गरेको पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले जानकारी दिए।

 

बैठकले आगामी २०८२ पुस १९ गते बिहान १० बजेदेखि नगरभित्रका विद्यार्थी, कर्मचारी, शिक्षक, सामाजिक अगुवा तथा आम सर्वसाधारणको उपस्थितिमा सांस्कृतिक झाँकीसहित भव्य विजय उत्सव मनाउने निर्णय गरेको छ।

 

ऐतिहासिक वीरताको प्रतीकका रूपमा रहेको यस दिवसलाई उत्सवमय बनाउन नगरपालिकाले सबै क्षेत्रका नागरिकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

 

यो उत्सवले पर्सागढीको ऐतिहासिक पहिचानलाई उजागर गर्दै स्थानीय एकता र गौरवलाई थप मजबुत बनाउने विश्वास नगरप्रमुख गोकर्ण पाठकले व्यक्त गरे।

पर्सागढी तत्कालीन इष्ट इण्डिया कम्पनीलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक विजयगढी हो। नेपालका गढीहरूमध्ये गोर्खाली सेनाले विजय हासिल गरेको महत्वपूर्ण स्थल हुँदाहुँदै पनि राज्यको पर्याप्त ध्यान नपुगेका कारण पर्सागढी लामो समयसम्म जीर्ण अवस्थामा रहँदै आएको थियो।

 

स्थानीय सरकार गठनपछि यसको ऐतिहासिक महत्व उजागर गर्न संरक्षण, विकास तथा प्रचार–प्रसारमा जोड दिइएको छ। पछिल्ला वर्षहरूमा नेपाली सेनाले समेत यसको संरक्षणप्रति चासो बढाएको छ। त्यसयता प्रत्येक वर्ष पर्सागढीमा विजय उत्सव मनाउँदै आइएको छ।

 

मंगलबार सम्पन्न छलफल तथा बैठकमा नेपाली सेनाको श्रीपुरस्थित श्री जंग गणका गणपति लोकेन्द्र कार्की, पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहसहित नगरपालिका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरी, विद्यालयका शिक्षक, समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

के भएको थियो पर्सागढीमा

वि.स. १८७१ पुस १८ र १९ गते नेपाल र भारतलाई औपनिवेश बनाएर शासन गर्दै आएको ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो ।

 

महेशराज पन्तले लेखेको नेपाल अंग्रेज युद्धको दोस्रो चरण २०२२ पुस्तकको पुष्ठ ७१ मा यसबारेमा उल्लेख छ । नेपालतर्फको नेतृत्व रञ्जित चौधरीले गरेको र अंग्रेजतर्फको नेतृत्व मेजर जनरल मार्ले/कप्तान सिब्लीले गरेक थिए । अंग्रेजहरुको फौज ५ सयको संख्यामा रहेको अनुमान छ ।

 

पूर्वमा सिंग्याही खोला र पश्चिम तिलापे खोलाको बीचमा गढी इलाका रहेको प्रमाणहरु भेटिएको छ । विभिन्न हातहतियारबाट सुसञ्जित अंग्रेज फौजलाई दुवै नदी थुनेर ठूलो संख्यामा भैंसी, राँगा र गोरुहरुको सिंगमा मसाल बाँधेर छोडेर गोर्खाली फौज ठूलो संख्यामा रहेको भान पारी अत्याएर उनीहरुलाई पराजित गरेके किंवदन्ती छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.