logo

सर्लाही ४ मा नेपाली कांग्रेसबाट एकै परिवारका तीन जनाको नाम सिफारिस, विरोधपछि एक नाम हटाइयो

 इसीमाना सम्बाददाता     २०८२ पौष १८ गते ०५: ४० मा प्रकाशित     409   पटक पढिएको

सर्लाही । सर्लाही जिल्लाको  निर्वाचन क्षेत्र नं.४ बाट नेपाली कांग्रेसले एकै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

 

विरोध चुलिएपछि अन्ततः तीमध्ये एक जनाको नाम अन्तिम सूचीमा समावेश भएन।

 

कांग्रेसका हालका प्रदेशसभा सदस्य वीरन्द्र प्रसाद सिंहको नाम प्रतिनिधिसभा सदस्यकालागि सिफारिस गरिएको थियो। त्यस्तै, उनका भतिजा सुधिर कुमार सिंहको नाम पनि प्रतिनिधिसभा सदस्य  मा सिफारिस गरिएको थियो।

 

तर सुधिरको उमेर कानुनी रूपमा उम्मेदवारीका लागि नपुगेको बताइएको छ। साथै, सुधिरकी आमा तथा वीरेन्द्र प्रसाद सिंहकी सहोदर भाउजु बेबी सिन्हालाई समानुपातिकतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो।

 

पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशन हुँदाहुँदै प्रदेशसभामा बहाल रहेका वीरन्द्र प्रसाद सिंहलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरिनु र उमेर नपुगेका व्यक्तिको नाम प्रस्ताव हुनु पार्टी अनुशासन विपरीत भएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको हो।

 

 कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेशसभा सदस्यलाई प्रतिनिधिसभाको उम्मेदवार नबनाउन स्पष्ट निर्देशन दिएका थिए।

 

गत मंसिर २३ गते मंगलबार क्षेत्र नं. ४ मा बसेको उम्मेदवार सिफारिस बैठकले यी तीनै नाम केन्द्रमा पठाएको थियो। त्यसपछि पार्टीभित्र सम्भावित विरोधको आँकलन गर्दै सिफारिस सूची गोप्य राखिएको कांग्रेसका नेताहरू बताउँछन्।

 

तर पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि उक्त सूची सार्वजनिक भएको हो। केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा भने सर्लाहीबाट बेबी सिन्हाको नाम समावेश गरिएको छैन।

 

यस निर्णयलाई पार्टीको मापदण्ड र केन्द्रीय निर्देशन विपरीत भएको दाबी गर्दै कांग्रेस महासमिति सदस्य डा. राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराएका छन्। उनले विवादास्पद सिफारिस बदर गर्न माग गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.