वीरगंज । जनता समाजवादी पार्टी पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकोलागि पर्साका ४ वटै निर्वाचन क्षेत्रकालागि उम्मेदवारको नामावली सिफारिश गरेको छ ।
पार्टीको पर्सा जिल्ला कार्य समितिको बैठकले निर्वाचन क्षेत्र नं १ बाट पूर्व मुख्यमन्त्री लालबाबु राउत,पार्टीको जिल्ला अध्यक्ष रामनरेश यादव र पार्टीका प्रदेश अध्यक्ष बालकिशोर यादवको नाम सिफारिश गरेको छ ।
त्यसैगरि क्षेत्र नं २ बाट नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका ब्यवसायी अशोक टेमानी ,अधिवक्ता एवं अघिल्लो र्विाचनका प्रत्यासी सुरेन्द्र कुर्मी ,सन्तोष तिवारी, कामेश पंडित ,आशुतोष चर्तुवेदी र वीरेन्द्र प्रसाद यादवको नाम सिफरिश गरेको छ ।
त्यस्तै क्षेत्र नं ३ बाट नागेन्द्र प्रसाद यादव र भरत गिरीको नाम सिफरिश भएको छ । क्षेत्र नं ४ बाट योजना आयोगका सदस्य भएका ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा.कृपा सिन्धु चौधरीको एकल नाम सिफारिश गरेको छ ।

तपाईको प्रतिक्रिया