कलैया । नेकपा एमालेको बारा जिल्लाको क्षेत्र नं ३ बाट फाल्गुण २१ गते हुने चुनावकालागि उम्मेदवारको नाम सिफारिश गरेको छ ।
शनिवार भएको बैठकले ३ जनाको नाम उम्मेदवारको रुपमा नाम सिफारिश गरेको हो । बैठकले आन्तरिक निर्वाचनको माध्यमले उम्मेदवारको नाम सिफारिश गरेको हो ।
आन्तरिक चुनावमा अध्यानन्द पाण्डे ४६,एम.समिउल्लाह ३७ र सिमा ठकुरी ३६ मत प्राप्त गरेकोले उनीहरुको नाम सिफारिश भएको हो ।
पार्टीका केन्द्रीय सदस्य पूर्व मन्त्री ज्वाला साहले जम्मा ४ मत प्राप्त गरेकोले उनको नाम सिफारिशमा पर्न सकेन । तीन जनाको नाम सिफारिश गर्नु पर्ने भएकोले सर्वसम्मत रुपमा नाम सिफारिश गर्न प्रयास भएपनि सर्वसम्मत नभएपछि आन्तरिक चुनाव भएको हो ।
चुनाव नगर्नकालागि पहल गर्दा पनि चुनाव गराई छाडने अवस्था देखेपछि ज्वाला साह सहित उनको सर्मथकहरु बैठकबाट बाहिरिएका थिए ।
त्यो प्रक्रियामा ज्वाला साह र उनको सर्मथकहरुको सहभागिता नरहेको एक नेताले जानकारी दिए । आन्तरिक चुनावमा ४६ जनाको सहभागिता रहेको एक एमाले नेताले जानकारी दिए ।
ज्वाला साहले प्राप्त गरेको मतको परिणामलाई राजनीतिक क्षमता, योगदान वा पार्टीभित्रको स्वीकार्यतासँग सीधै जोडेर हेरिएको छ ।
तर राजनीतिक बिश्लेषकले यो घटनाका माधारमा मात्रै त्यसरी हेर्न नहुने मत राखेका छन । यो परिणामले ज्वाला सहकालागि तीन सन्देश दिएको छ ।
स्थानीय तहमा संगठनात्मक संवाद थप सुदृढ गर्नुपर्ने आवश्यकता छ । त्यसैगरि केन्द्रीय भूमिकासँगै क्षेत्रीय उपस्थितिलाई पुनः सक्रिय बनाउन आवश्यक छ । र आगामी दिनमा पार्टीको रणनीतिक भूमिकामा अझ प्रभावकारी योगदान गर्ने आधार निर्माण गर्न आवशयक छ ।
तपाईको प्रतिक्रिया