logo

धार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साको अपिल, उल्लंघन गरे जेल र जरिवाना

 इसीमाना सम्वाददाता     २०८२ पौष २० गते ०३: ५७ मा प्रकाशित     486   पटक पढिएको

वीरगंज । धनुषाको जनकपुरस्थित एक मस्जिदमा भएको तोडफोडको घटनापछि त्यसको विरोधमा मुस्लिम समुदायले प्रदर्शन गरिरहेका बेला जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल जारी गरेको छ।

 

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक विद्वेष फैलाउने, अफवाह फैलाउने तथा कुनै धर्म विशेषको मानमर्दन गर्ने गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिइएको छ। यस्ता गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको पनि प्रशासनले जनाएको छ।

 

अपिलमा उल्लेख गरिएअनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १५५ र १५६ बमोजिम धार्मिक स्थलमा क्षति पुर्‍याएमा तीन वर्षसम्म कैद र धार्मिक भावनामा आघात पुर्‍याएमा दुई वर्षसम्म कैद तथा जरिवाना हुने व्यवस्था छ।

 

 

त्यसैगरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार इन्टरनेटमार्फत घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रसारण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले स्पष्ट पारेको छ।

 

जिल्ला प्रशासन कार्यालय पर्साले सबै नागरिकलाई सामाजिक शिष्टाचार पालना गर्न, आपसी सद्भाव कायम राख्न र कानून विपरीतका गतिविधिबाट टाढा रहन विशेष अनुरोध गरेको छ।

 

 

May be an image of text that says 'जिल्ला कार्यालय जिल्ला प्रशासन कार्यालय, पर्साको अपिल सददावमा खलल पुऱ्याडने, एक अर्कमा तथा धार्मिक साँस्कृतिक दरेष भाव राष्टिय एकतामा आंच पुऱ्याउने अफवाह फैलाई धर्म समुदायको सामाजिक कार्यमा व्यक्तिका Facebook, सामाजिक सुक्म रुपमा निगरानी गतिविधिहरुलाई गभ्भिरतापूर्वक दायरामा ल्याईने ब्यहोरा समेत सवैमा जानकारी गराई कडाईका कार्यान्वयन अनुरोध गरिएको गर्/गराउन धार्मिकस्थल मानिएको धर्मको पुऱ्याउने नहुनेः नोक्सानी पुऱ्याउने हुनेड। मानिएको दुषित विगा्न, व्यक्तिलाई केद मशानघाट जाती आघात पुर्याउन बचनले बर्गको धार्मिक भावनामा आघात हजार रुपैयासम्म (ईलेक्ट्रोनिक) विद्रुतीत स्वरूपमा गैरकानुनी कुरा माघ्यमहरुमा प्रकाशन सार्बजनिक नैतिकता, शिष्टाचार विरुद्का सामाम्री सम्प्रदायवीचको सुमघुर सम्बन्धलाई जिस्क्याउने, एक लाख रुपैयासम्म लगायतका विग्रुतीय कसैप्रति दरेष फैलाउने विमित्न महिलालाई वर्पसम्म समृददि'

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.