वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ ।
वीरगन्ज महानगरपालिकाको चार क्षेत्रको सिमाना तोकेर कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कर्फ्यु अवधिभर कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ तथा आवातजावत गर्न नपाइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले पूर्व, बाइपास रोड, पश्चिम, सिरिसिया पुल, उत्तर,पावर हाउस चोक र दक्षिण, शंकराचार्य गेट
जिल्ला प्रशासनले कर्फ्यु समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।
कर्फ्यु अवधिमा सुरक्षा निकायको समन्वयमा अत्यावश्यक सेवाका सवारी साधनहरू—जस्तै एम्बुलेन्स, दमकल, खानेपानी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावत गर्न दिइने जनाइएको छ।
कर्फ्यु उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया