वीरगन्ज । वीरगन्ज क्षेत्रका पूर्व साँसद एवं पूर्वमन्त्री प्रदीय यादवले वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण वीरगन्जवासीलाई शान्ति, संयम र आपसी सद्भाव कायम राख्न अपील गरेका छन्।
आफू केवल पूर्व जनप्रतिनिधि मात्र नभई यही माटोमा जन्मिएको जिम्मेवार वीरगन्जवासी भएको उल्लेख गर्दै उनले वीरगन्ज सधैँदेखि हिन्दू–मुस्लिम भाइचारा, सहअस्तित्व र आपसी प्रेमको उदाहरण रहँदै आएको सहर भएको बताएका छन्।
धर्म र संस्कार फरक भए पनि हामी सबैको साझा भविष्य एउटै भएकाले कुनै पनि भ्रम, अफवाह वा उक्साहटमा नफस्न उनले आग्रह गरेका छन ।
उनले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचनाप्रति सचेत रहन आग्रह गर्दै शान्ति भंग हुने गतिविधि सहर, समाज र भावी पुस्ताका लागि अहितकर हुने स्पष्ट पारे। धर्म, जात र समुदायभन्दा माथि उठेर एकअर्काको सम्मान र संयम अपनाउनुपर्नेमा उनले जोड दिएका छन ।
साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने जो–कोहीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आग्रह गर्दै ,नेपाल सरकारद्वारा शान्ति, संवाद र सद्भाव स्थापनाका लागि गरिने प्रत्येक प्रयासमा आफूले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन्। उनले यस्तो अपिल आफनो फेसबुक पेजबाट सार्वजनीक गरेका हुन ।
तपाईको प्रतिक्रिया