logo

बिज्ञापन प्रकाशन नगरि सरकारी रकम हिनामिना गरेका कमल उपाध्यायका कारण फेरी तीन जना निलम्वनमा

 इसीमाना सम्बाददाता     २०८२ पौष २३ गते ०८: ०३ मा प्रकाशित     481   पटक पढिएको

वीरगंज । के.एस. मल्टिपर्पोज प्रा.लि . र त्यसका संचालक कमल कुमार उपाध्यायका कारण फेरी तीन जना निलम्वित हुन पुगेका छन ।

 

प्रा.ली.ले पर्साको छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरिएको देखाई सरकारी रकम  दुरुपयोग गरिएको निष्कर्ष निकाल्दै  अखितयारले बिशेष अदालतमा मुद्धा दायर गरेपछि तीन जना निलम्बनमा परेका हुन । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष, कर्मचारी तथा प्रा.लि विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

 

अख्तियारका अनुसार आर्थिक वर्ष २०७९र८० मा छिपहरमाई गाउँपालिकाले विभिन्न विकास निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको भनी भुक्तानी दिइएको थियो।

 

तर अनुसन्धानका क्रममा सो मितिमा उक्त पत्रिकामा कुनै पनि सूचना प्रकाशित नभएको प्रमाणित भएको हो। सूचना प्रकाशीत नभई के.एस. मल्टिपर्पोज प्रा.लिका अध्यक्ष कमल कुमार उपाध्यायले आफ्नो कम्पनीको नाममा बिल काटेर भूक्तानी लिएका कारण आज यो अवस्था आएको हो । 

 

आयोगको अनुसन्धानबाट गाउँपालिका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल तथा विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगञ्जका सञ्चालक कमलकुमार उपाध्यायको मिलेमतोमा योजनाबद्ध रूपमा झुट्टा सूचना देखाएर रकम भुक्तानी गरिएको खुलेको अख्तियारका प्रवक्ता एवम् सहसचिव सुरेश न्यौपानेले जानकारी दिए ।

 

अख्तियारका अनुसार खानेपानीका लागि ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण, चार कोठे भवन तथा दलित आवास भवन निर्माणसम्बन्धी ठेक्कामा बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा प्रकाशित भएको देखाउँदै विज्ञापन एजेन्सीलाई रकम भुक्तानी गरिएको थियो। तर प्रेस काउन्सिल नेपालबाट प्रमाणित हार्डकपी र पीडीएफ अभिलेखमा ती सूचना प्रकाशित भएको नदेखिएको पुष्टि भएको छ।

 

आयोगले बदनियतपूर्वक सूचना लुकाई केएस मल्टिपर्पोज प्रालिलाई दुई पटकमा कुल ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको ठहर गरेको छ। यसबाट गैरकानुनी लाभ लिइएको र सरकारी सम्पत्तिमा हानि पुगेको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।

 

 विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रा.लि. र सञ्चालक कमलकुमार उपाध्यायलाई मुख्य कसूरदारका मतियारका रूपमा अभियोग लगाइएको छ।

 

प्रतिवादी बनाइएका उपाध्याय  यसअघि पनि  बाराको पचरौता नगरपालिकामा ठेक्का सूचना प्रकाशनको नाममा रकम हिनामिना गरेको अभियोगमा दोषी ठहर भइसकेका व्यक्ति हुन्।

 

 विशेष अदालतले उनलाई ६ महिना कैद र १ लाख १७ हजार ५ सय २० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।

उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव समेत रहिसकेका छन् भने बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक पनि हुन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.