logo

राजनीतिक पहिचानकै आधारमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि खतरापूर्ण छः अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८२ माघ १ गते ०६: ५४ मा प्रकाशित     380   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएका छन्।

 

बिहिवार राष्ट्रिष्य सभागृहमा आयोजीत ४२ औं पिस्कर शहीद स्मृति दिवस तथा सरेश नेपालको कृति जेलभित्रका सर्घर्ष नामको पुस्तक बिमोचन समारोहलाई समबोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।


 उनले पछिल्लो राजनीतिक घटनाक्रम, आरोप–प्रत्यारोप, मुद्दा चलाउने धम्की र असहिष्णुताका कारण लोकतान्त्रिक वातावरण कमजोर बन्दै गएको उल्लेख गरे।

 

ओलीले राजनीतिक प्रतिस्पर्धा प्रतिशोधमा रूपान्तरण हुन नहुने भन्दै राजनीतिक पहिचानकै आधारमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि खतरा भएको बताए।

 

उनले दल, नेता वा कार्यकर्तामाथि राजनीतिक कारणले हुने दबाब, आगजनी वा धम्की कुनै पनि बहानामा स्वीकार्य नहुने धारणा राखे।

 

उनले  राजनीतिक पहिचानकै आधारमा घर जलाइन्छ, जीवन जोखिममा पारिन्छ भने राज्यको शान्ति–सुरक्षा संयन्त्रको भूमिकामाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ।

 

उनका अनुसार राजनीतिक असहिष्णुता बढ्दै जाँदा राज्यको शान्ति–सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठ्ने अवस्था आएको छ। उनले सरकार र सबै राजनीतिक दलहरूले असहमतिको सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

 

अध्यक्ष ओलीले राजनीतिक सुरक्षा सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै लोकतन्त्र जोगाउने जिम्मेवारी सबै राजनीतिक शक्तिको साझा भएको बताए।


कार्यक्रममा  नेकपा एमालेका बरिष्ठ नेता एवं सिन्धुपाल्चोकका पुराना नेता अमृत बोहराले पिस्करकाण्डको इतिहासका बारेमा चर्चा गरेका थिए ।

 

उनले त्यतीबेलाको वर्ग चेतनाको उपजका कारण पंचायती कालरात्रीको बिरुद्ध पिस्करले चेतनाको प्रवाह गर्दा शासकहरुले दमन गरेको चर्चा गरे । त्यतीवेला संगठन,सिद्धान्त र निष्ठापूर्ण राजनीतिक प्रतिवद्धता नेता कार्यकर्तामा रहेको चर्चा गर्दै उनले आजको अवस्थामा अवसरवाद हावी भएको बताए । 


पार्टीका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ओली सहितका नेताले सरेश नेपालको पुस्तकको पनि बिमोचान गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.