logo

राजनीतिक पहिचानकै आधारमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि खतरापूर्ण छः अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८२ माघ १ गते ०६: ५४ मा प्रकाशित     59   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएका छन्।

 

बिहिवार राष्ट्रिष्य सभागृहमा आयोजीत ४२ औं पिस्कर शहीद स्मृति दिवस तथा सरेश नेपालको कृति जेलभित्रका सर्घर्ष नामको पुस्तक बिमोचन समारोहलाई समबोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।


 उनले पछिल्लो राजनीतिक घटनाक्रम, आरोप–प्रत्यारोप, मुद्दा चलाउने धम्की र असहिष्णुताका कारण लोकतान्त्रिक वातावरण कमजोर बन्दै गएको उल्लेख गरे।

 

ओलीले राजनीतिक प्रतिस्पर्धा प्रतिशोधमा रूपान्तरण हुन नहुने भन्दै राजनीतिक पहिचानकै आधारमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि खतरा भएको बताए।

 

उनले दल, नेता वा कार्यकर्तामाथि राजनीतिक कारणले हुने दबाब, आगजनी वा धम्की कुनै पनि बहानामा स्वीकार्य नहुने धारणा राखे।

 

उनले  राजनीतिक पहिचानकै आधारमा घर जलाइन्छ, जीवन जोखिममा पारिन्छ भने राज्यको शान्ति–सुरक्षा संयन्त्रको भूमिकामाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ।

 

उनका अनुसार राजनीतिक असहिष्णुता बढ्दै जाँदा राज्यको शान्ति–सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठ्ने अवस्था आएको छ। उनले सरकार र सबै राजनीतिक दलहरूले असहमतिको सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

 

अध्यक्ष ओलीले राजनीतिक सुरक्षा सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै लोकतन्त्र जोगाउने जिम्मेवारी सबै राजनीतिक शक्तिको साझा भएको बताए।


कार्यक्रममा  नेकपा एमालेका बरिष्ठ नेता एवं सिन्धुपाल्चोकका पुराना नेता अमृत बोहराले पिस्करकाण्डको इतिहासका बारेमा चर्चा गरेका थिए ।

 

उनले त्यतीबेलाको वर्ग चेतनाको उपजका कारण पंचायती कालरात्रीको बिरुद्ध पिस्करले चेतनाको प्रवाह गर्दा शासकहरुले दमन गरेको चर्चा गरे । त्यतीवेला संगठन,सिद्धान्त र निष्ठापूर्ण राजनीतिक प्रतिवद्धता नेता कार्यकर्तामा रहेको चर्चा गर्दै उनले आजको अवस्थामा अवसरवाद हावी भएको बताए । 


पार्टीका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ओली सहितका नेताले सरेश नेपालको पुस्तकको पनि बिमोचान गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.