वीरगंज । नेपाली कम्युनिष्ट पार्टीले बारा र पर्सामा आफना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।
पार्टीले पर्साको क्षेत्र नं ४ बाट संबिधान सभाका सदस्य थारु समुदायका स्थापित नेता जयप्रकाश थारुलाई उम्मेदवार बनाएको छ । थारुको उम्मेदवारीले पर्सा क्षेत्र नं ४ त्रीपक्षीय भिडन्तको क्षेत्र बनाउने छ ।
पर्सा क्षेत्र नं ३ मा छोटेलाल यादवलाई मैदानमा उतारेको छ । बिद्यार्थीकाल देखी नै बामपन्थी आन्दोलनमा सक्रिय यादव वीचमा उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका थिए ।
पछि फेरी बाम आन्दोलनमा फर्किएका यादवलाई पार्टीले यसपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । पर्साको क्षेत्र नं बाट पार्टीले मनोज चौधरीलाई उम्मेदवार बनाएको छ ।
अनेरास्ववियुको आन्दोलनबाट स्थापित चौधरी पर्साको राजनीतिमा चर्चित युवा नाम हो ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका चौधरीले समुदायगत रुपामा कुर्मी समुदायको र पार्टीगत रुपमा अन्य समुदायको भोट पाउने बिश्वास गरिएको छ । पर्सा क्षेत्र नं १ मा पार्टीले अजय कुमार चौरसियालाई अगाडि सारेको छ ।
बाराको क्षेत्र नं १ मा सन्तोष दंगाल , २ मा रमेश प्रसाद यादव , ३ मा भरत प्रसाद साह र ४ मा अजय कुशवाहालाई मैदानमा उतारेको छ ।
तपाईको प्रतिक्रिया