logo

नेपाल कांग्रेसका चार उम्मेदवार रुङ्गटा, चौरसिया, चौधरी र रिजाल

 इसीमाना सम्वाददाता     २०८२ माघ ६ गते ०७: ५९ मा प्रकाशित     415   पटक पढिएको

वीरगन्ज । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएसँगै जिल्लाको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। 

 

कांग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट अनिल रुङ्गटा, क्षेत्र नम्बर २ बाट अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजाललाई उम्मेदवार बनाएको हो। यी नामहरू केन्द्रबाट अनुमोदन भएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र पार्ने तयारी कांग्रेसले थालेको छ।

 

नेपाली कांग्रेसले क्षेत्रीय समितिहरुले सिफारिश गरेकै नामबाट उम्मेदवारको टुङ्गो लगाएकोले नेपाली कांग्रेसमा उत्साह संचार छ ।

 

नेपाली कांग्रेसको केन्द्रमा आएको नयाँ नेतृत्वको स्वीकारोक्तिको रुपमा समेत यो निर्वाचनमा नेपाली कांग्रेस भाग लिदै गरेको स्नदेश प्रवाह गर्न सफल भएकोले पनि नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह भरिएको एक बिश्लेषकको मत रहेको छ ।

 

 उनका अनुसार यसपटक नेपाली कांग्रेस घात अन्तर्घातको दुःखद नियतीबाट भने मुक्त हुने छ । नेपाली कांग्रेसको हिजोको संरचनाको कुरा गर्ने हो भने अहिले पर्सामा उम्मेदवार पाएका चारै जना हिजोको संस्थापन समुहका नेता हुन तर आजको नेतृत्वले पनि त्यही नेतालाई निरन्तरता दिनुलाई नेपाली कांग्रेसको आमपंक्तिले पार्टी भित्रको “रणनीति”को रुपमा लिएका छन ।

 

विशेषतः पर्सा–२ मा अजयकुमार चौरसियाको उम्मेदवारीलाई लिएर पार्टीभित्र मिश्रित प्रतिक्रिया छ। उनी कांग्रेसका अनुभवी नेता भए पनि यस क्षेत्रका युवा कार्यकर्ता र नयाँ अनुहारलाई अवसर दिनुपर्ने आवाज दबिएको स्रोतहरूको दाबी छ। यद्यपि, पार्टी नेतृत्वले जित सुनिश्चित गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिएको तर्क गरेको छ।

 

 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य अजय चौरसियाले चारै क्षेत्रमा उम्मेदवार टुंग्याइसकेपछि अब आन्तरिक मतभेदलाई थाती राखेर चुनावी अभियानमा केन्द्रित हुने बताए। “अब संगठन परिचालन, मतदाता भेटघाट र विपक्षीको रणनीति विश्लेषणमा पार्टी लाग्छ,” उनले भने।

 

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा कांग्रेसले उम्मेदवार टुंग्याएसँगै एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा  पार्टी र अन्य शक्तिहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ। उम्मेदवार छनोटले कांग्रेसलाई एकताबद्ध अभियानमा लैजान्छ वा आन्तरिक असन्तुष्टिले चुनौती थप्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने उनीहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.