logo

नेपाल कांग्रेसका चार उम्मेदवार रुङ्गटा, चौरसिया, चौधरी र रिजाल

 इसीमाना सम्वाददाता     २०८२ माघ ६ गते ०७: ५९ मा प्रकाशित     96   पटक पढिएको

वीरगन्ज । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएसँगै जिल्लाको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। 

 

कांग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट अनिल रुङ्गटा, क्षेत्र नम्बर २ बाट अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजाललाई उम्मेदवार बनाएको हो। यी नामहरू केन्द्रबाट अनुमोदन भएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र पार्ने तयारी कांग्रेसले थालेको छ।

 

नेपाली कांग्रेसले क्षेत्रीय समितिहरुले सिफारिश गरेकै नामबाट उम्मेदवारको टुङ्गो लगाएकोले नेपाली कांग्रेसमा उत्साह संचार छ ।

 

नेपाली कांग्रेसको केन्द्रमा आएको नयाँ नेतृत्वको स्वीकारोक्तिको रुपमा समेत यो निर्वाचनमा नेपाली कांग्रेस भाग लिदै गरेको स्नदेश प्रवाह गर्न सफल भएकोले पनि नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह भरिएको एक बिश्लेषकको मत रहेको छ ।

 

 उनका अनुसार यसपटक नेपाली कांग्रेस घात अन्तर्घातको दुःखद नियतीबाट भने मुक्त हुने छ । नेपाली कांग्रेसको हिजोको संरचनाको कुरा गर्ने हो भने अहिले पर्सामा उम्मेदवार पाएका चारै जना हिजोको संस्थापन समुहका नेता हुन तर आजको नेतृत्वले पनि त्यही नेतालाई निरन्तरता दिनुलाई नेपाली कांग्रेसको आमपंक्तिले पार्टी भित्रको “रणनीति”को रुपमा लिएका छन ।

 

विशेषतः पर्सा–२ मा अजयकुमार चौरसियाको उम्मेदवारीलाई लिएर पार्टीभित्र मिश्रित प्रतिक्रिया छ। उनी कांग्रेसका अनुभवी नेता भए पनि यस क्षेत्रका युवा कार्यकर्ता र नयाँ अनुहारलाई अवसर दिनुपर्ने आवाज दबिएको स्रोतहरूको दाबी छ। यद्यपि, पार्टी नेतृत्वले जित सुनिश्चित गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिएको तर्क गरेको छ।

 

 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य अजय चौरसियाले चारै क्षेत्रमा उम्मेदवार टुंग्याइसकेपछि अब आन्तरिक मतभेदलाई थाती राखेर चुनावी अभियानमा केन्द्रित हुने बताए। “अब संगठन परिचालन, मतदाता भेटघाट र विपक्षीको रणनीति विश्लेषणमा पार्टी लाग्छ,” उनले भने।

 

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा कांग्रेसले उम्मेदवार टुंग्याएसँगै एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा  पार्टी र अन्य शक्तिहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ। उम्मेदवार छनोटले कांग्रेसलाई एकताबद्ध अभियानमा लैजान्छ वा आन्तरिक असन्तुष्टिले चुनौती थप्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने उनीहरूको भनाइ छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.