वीरगंज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन्।
यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट एमालेको आधिकारिक उम्मेदवारका रूपमा मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
यही फागुन २१ गते हुने निर्वाचनका लागि उनले औपचारिक प्रक्रिया पूरा गरेका छन्।
उम्मेदवारी दताृ पछि संचारकर्मीहरुलाई संक्षीप्त प्रतिक्रिया दिदै नेता यादवले जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिमा संबिधानलाई घाइते बनाउने जुन काम भयो त्यो कामका बिरुद्ध संबिधानको पक्षमा नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले लिएको अडानले आफू प्रभावित भएर नेकपा एमालेमा प्रवेश गरेको बताए ।
उनले संबिधानको रक्षाकालागि अध्यक्ष ओलीले लिएको अडानका कारण आज आफूहरु निर्वाचनमा उम्मेदवारी दिन सक्ने ठाउमा आएको उनले बताए ।
त्यतीमात्र होइन संबिधानको पक्षमा लिएको अडानका कारण आज मलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ जुन मधेश आन्दोलनका उपलब्धी हो उनले भने त्यसैकका कारण मधेशका मुद्धा जीवीत छन ।
नेता यादवले के.पी.ओलीको क्याविनेटमा बसेर काम गरेको अनुभवका आधारमा पनि मुलुकको समृद्धिको सपना उहाँकै नेतृत्वमा फुरा हुने आफ्नो बिश्वास ब्यक्त गरे ।
यसअघि जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाउने संकेत पाएपछि यादवले उक्त पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेका थिए।
त्यसपछि सोमबार राति उनी नेकपा एमालेमा प्रवेश गरेका हुन्। पार्टी परिवर्तनसँगै उनले प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट प्रतिस्पर्धा गर्दैछन ।
तपाईको प्रतिक्रिया