logo

पर्सामा चार पूर्वमन्त्रीहरु  सहित ४ सिटकालागि  १ सय ९ जना चुनावी मैदानमा

 इसीमाना सम्बाददाता     २०८२ माघ ६ गते ०९: १७ मा प्रकाशित     445   पटक पढिएको

वीरगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लामा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट गरी १ सय ९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

मुख्य निर्वाचन कार्यालय पर्साका अनुसार चार सिटका लागि सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन्। कार्यालयका प्रवक्ता यादवप्रसाद जोशीले निर्वाचन प्रक्रियामा दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिता देखिएको जानकारी दिए।

निर्वाचन कार्यालयका तथ्याङ्कअनुसार क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाले मनोनयन दर्ता गराएका छन्।

यसपटक पर्साका चारै क्षेत्रमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा नेपाल, जनमत पार्टी, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति पार्टीसहित विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ।

क्षेत्र नम्बर–१

यस क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रमुख दलतर्फ कांग्रेसबाट अनिलकुमार रुंग्टा, एमालेबाट  पूर्वमन्त्री प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमतबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया उम्मेदवार रहेका छन्।

क्षेत्र नम्बर–२

सबैभन्दा धेरै उम्मेदवारी परेको क्षेत्र नम्बर–२ मा ३२ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमतबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी प्रमुख उम्मेदवार हुन्।

क्षेत्र नम्बर–३

क्षेत्र नम्बर–३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमतबाट माल्ती कुशवाहा मुख्य प्रतिस्पर्धी मानिएका छन्।

क्षेत्र नम्बर–४

यस क्षेत्रमा २४ जनाले मनोनयन दर्ता गराएका छन्। कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमतबाट सिमादेवी कलवार चुनावी मैदानमा छन्।

चारै निर्वाचन क्षेत्रमा अनुभवी नेता, नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारको सहभागिताले यसपटक पर्साको निर्वाचनलाई प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने संकेत देखिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.