logo

नागरिक पत्रिकामा तालाबन्दीको घोषणा, महासङ्घले आन्दोलन कडा बनाउने

 इसीमाना सम्वाददाता     २०८२ माघ ११ गते ०८: २५ मा प्रकाशित     379   पटक पढिएको

काठमाडौँ । नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकविरुद्ध नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले तालाबन्दीको कार्यक्रम घोषणा गरेको छ।

 

पीडित पत्रकार तथा कर्मचारीको मागप्रति व्यवस्थापनले बेवास्ता गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको हो।

शुक्रबार महासङ्घको कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले लगातार पाँच दिनसम्म शान्तिपूर्ण धर्ना दिँदा पनि कुनै सुनुवाइ नभएकाले अब तालाबन्दी अनिवार्य भएको निष्कर्ष निकालेको छ। बैठकले आवश्यक परे चरणबद्ध रूपमा अझ कडा कार्यक्रम सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

 

संस्थाको स्थापनाकालदेखि करिब १७ वर्षसम्म सेवा गरेका पत्रकार तथा कर्मचारीहरूले श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवासुविधा नपाएको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। तर पत्रिकाका साहू र सम्पादकले समस्या समाधानमा चासो नदेखाएको आरोप पीडित पक्षको छ।

 

नेपाल पत्रकार महासङ्घ, नागरिक शाखाका अध्यक्ष रघुनाथ लामिछानेले कम्पनीले समस्या समाधान नगरेसम्म आन्दोलनबाट पछि नहट्ने स्पष्ट पारे। उनका अनुसार कर्मचारीका जायज माग सम्बोधन नगरे थप सशक्त कार्यक्रम घोषणा गरिनेछ।

 

पीडित पत्रकारहरूले कोभिड–१९ को बहानामा करिब ४३ महिनासम्म ५० देखि ७५ प्रतिशत तलब कटौती गरिएको, सरकारले पत्रकारका लागि १ प्रतिशत ब्याजमा दिएको १९ करोड रुपैयाँ कर्मचारीलाई नदिई अन्यत्र प्रयोग गरिएको आरोप लगाएका छन्।

 

बैठकमा नेपाल प्रेस युनियनकी उपाध्यक्ष सलोजा दाहालले उक्त रकम दुरुपयोग गरिएको भए साहूहरूविरुद्ध ठगी मुद्दा दर्ता हुनुपर्ने धारणा राखिन्।  प्रेस चौतारी नेपालका सचिव विष्णु तारुकेले समयसीमा तोकेर अल्टिमेटम दिँदै आन्दोलन चर्काउनुको विकल्प नरहेको बताए।

 

कर्मचारीका अनुसार नियमित तलब नदिने, चाडपर्व खर्च, औषधोपचार, सामाजिक सुरक्षा, उपदानलगायत वैधानिक सुविधा नदिने तथा सञ्चय कोषको रकमसमेत दुरुपयोग गरिएको छ। श्रम कार्यालय र श्रम अदालतका निर्णयहरू कार्यान्वयन नगरेर कम्पनीले कानुनी राज्यको उपहास गरेको आरोप पनि उनीहरूको छ।

 

पब्लिक कम्पनी भएर पनि श्रमिकको अधिकारमाथि निरन्तर प्रहार गरिएको भन्दै विभिन्न संस्थाका प्रतिनिधिले यस्तो प्रवृत्ति तत्काल रोक्न कम्पनी व्यवस्थापनलाई चेतावनी दिएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.