logo

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस,गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरूलाई लामिछानेको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ माघ १५ गते १०: १४ मा प्रकाशित     150   पटक पढिएको

वीरगञ्ज । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

 

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले पत्रकारितामा पेशागत मर्यादा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने बताए ।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे ।

May be an image of one or more people, Victoria Peak, crowd and text

उनले  विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयको रिपोर्टिङ गर्दा कुनै पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरू सुझाव दिए ।

 

संयोजक लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै, गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने बताए।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको सवाल अझै चुनौतीपूर्ण रहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने धारणा राखे।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ   पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनाल तथा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमनलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

 

कार्यक्रमअन्तर्गत रक्तसंचार केन्द्रमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारहरूको भूमिका झल्काएको छ।

प्रेस सेन्टर नेपालले स्थापना दिवसलाई प्रत्येक वर्ष पत्रकारिता सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि तथा सामाजिक सेवासँग जोड्दै मनाउँदै आएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको संचालन प्रेस सेन्टर पर्साका सचिव अजित भूजेलले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.