logo

युवाहरू मुलुकका भविष्य हुन्, त्यसैले उनीहरूको आवाजलाई सधैँ प्राथमिकतामा राख्नेछुः एमाले उम्मेदवार यादव

 इसीमाना सम्बाददाता     २०८२ माघ २२ गते ०९: ३७ मा प्रकाशित     388   पटक पढिएको

वीरगन्ज। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जेन–जी पुस्ता र विद्यार्थी समूहको राजनीतिक सक्रियता तीव्र बन्दै गएको देखिएको छ।

 

यसैक्रममा सो क्षेत्रका युवाहरूले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने साझा प्रतिबद्धता जनाएका छन्।

May be an image of one or more people and table

बुधबार साँझ वीरगन्जमा आयोजना गरिएको एक अनौपचारिक तर अर्थपूर्ण छलफल कार्यक्रममा विभिन्न वडाबाट आएका युवा तथा विद्यार्थीहरूले एमाले उम्मेदवार यादवलाई समर्थन गर्ने स्पष्ट संकेत दिएका हुन्।

 

कार्यक्रममा सहभागी युवाहरूले यस निर्वाचनलाई केवल पार्टीगत प्रतिस्पर्धा नभई नेतृत्वको मूल्यांकनको अवसरका रूपमा लिएको बताएका छन्।

 

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिसँगै उम्मेदवार यादव पनि सहभागी थिए। छलफलका क्रममा युवाहरूले यादवलाई “चुनावमा मात्र देखिने नेता नभई संकटका बेला जनतासँग उभिने प्रतिनिधि” का रूपमा चित्रण गरे।

 

उनीहरूका अनुसार विगतमा खानेपानी संकट, महामारी तथा विपद्का समयमा यादवको प्रत्यक्ष संलग्नता स्थानीयस्तरमै अनुभूत गरिएको थियो।

 

कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका  प्रदीप यादवले आफूलाई जनताले सधैँ परीक्षण गर्दै आएको उल्लेख गरे। उनले राजनीतिक जीवनमा संकटका बेला पछि नहट्ने प्रतिबद्धता नै आफ्नो परिचय भएको दाबी गरे।

May be an image of one or more people

हैजा, कोरोना महामारी र खानेपानी अभावजस्ता समस्यामा आफू निरन्तर मैदानमै रहेको उनले स्मरण गराए।

यादवले युवालाई केवल मतदाताको रूपमा नभई नीति निर्माणका साझेदारका रूपमा हेर्ने धारणा राखे।

 

 रोजगारी सिर्जना, सीपमूलक शिक्षा र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले भने, “निर्वाचन जित्नु लक्ष्य हो, तर त्योभन्दा ठूलो लक्ष्य पर्साको दीर्घकालीन विकास हो।”

 

कार्यक्रममा वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौरसिया, एमालेका वरिष्ठ तथा स्थानीय नेताहरूको समेत उपस्थिति रहेको थियो। पछिल्लो समय पर्सा–१ मा युवा केन्द्रित राजनीतिक गतिविधि बढ्दै जानुले निर्वाचन परिणाममा निर्णायक प्रभाव पार्न सक्ने संकेत देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.