logo

भ्रष्टाचारमुक्त नेपाल र सुशासनयुक्त प्रशासनकालागि नेकपा एमालेको जीत आवश्यकः एमाले उपमहासचिव भट्टराई

 इसीमाना सम्बाददाता     २०८२ माघ २४ गते ०८: ३२ मा प्रकाशित     687   पटक पढिएको

वीरगंज । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पर्सा–३ मा यसपटक परिवर्तन अवश्य हुने बताएका छन ।

 

 पर्सा ३ को गादीमा आयोजीत नेकपा एमालेको पटेर्वा सुगौली गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई समबोधन गर्दै उपमहासचिव भट्टराईले यस्तो बताएका हुन ।

May be an image of one or more people, temple and text

 उनले युवा उम्मेदवार रूपेश कुमार पाण्डेको नेतृत्वमा एमालेको जित सुनिश्चित रहेको बताउँदै विकास, सुशासन र रोजगारी सिर्जनामा पार्टीको स्पष्ट कार्यदिशा रहेको उल्लेख गरे।

 

मधेसको समग्र उन्नतिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो। उपमहासचिव भट्टराईले जेनजी आन्दोलनले माँग गरेको भ्रष्टाचारमुक्त नेपाल र सुशासनयुक्त प्रशासनकालागि नेकपा एमालेको जीतआवश्यक रहेको बताए ।

May be an image of one or more people and text

नेकपा एमाले सबैजात जाती भाष भाषी धार्मिक सम्प्रदायको पार्टी भएको चर्चा गर्दै नकेपा एमालेले मात्र मधेश र काठमाण्डौ काठमाण्डौ र मधेशलाई जोडने बताए ।

 

उनले मधेशको अभावमा नेपालको कल्पना गर्न नसकिने बताउदै मधेश र देशको प्रगतीकोलागि समुन्नतीकोलागि एमाले सरकार बन्न जरुरी रहेको बताए । 

May be an image of one or more people, dais, temple and text
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पर्ने पटेर्वा सुगौली गाउँपालिकामा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन तीव्र रूपमा बढ्दै गएको देखिएको छ।

 

फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नागरिकको उल्लेखनीय उपस्थितिले पर्सा–३ मा राजनीतिक परिवर्तनको संकेत स्पष्ट भएको छ।


अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका उम्मेदवार रुपेश पाण्डेले पर्सा–३ को आर्थिक, सामाजिक र भौतिक विकासलाई केन्द्रमा राखेर आफ्ना भावी योजना सार्वजनिक गरे।

 

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र युवाको रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै क्षेत्रलाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त बनाउने प्रतिबद्धता  व्यक्त गरे।

May be an image of one or more people and text

 “अब नारामुखी होइन, परिणाममुखी राजनीति आवश्यक छ,” भन्दै उनले जनविश्वासलाई ठोस विकासमा रूपान्तरण गर्ने संकल्प दोहोर्‍याए।

 

नेकपा (एमाले) पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव,प्रदेश सदस्य मन्तुरा चौधरी, प्रदेश सभा सदस्य प्रमोद जयसवाल, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, पूर्व अध्यक्ष प्रदीप जयसवाल पकाहा मैनपुरका पूर्व अध्यक्ष बिजय चौरसिया ,युवा नेता शिव पटेल प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश लगायत नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रमका वक्ताहरूले राष्ट्रियता, राजनीतिक स्थिरता र समृद्ध नेपाल निर्माणका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको धारणा राख्दै पर्सा–३ बाट योग्य, ऊर्जावान र विकासमुखी उम्मेदवारका रूपमा रूपेश कुमार पाण्डेलाई विजयी गराउन सबैलाई एकजुट हुन आह्वान गरे।

 

पटेर्वा सुगौलीमा देखिएको जनउत्साह र सक्रिय सहभागिताले पर्सा–३ मा नेकपा एमालेको संगठनात्मक आधार थप मजबुत बन्दै गएको संकेत दिएको छ।

 

विकास र समृद्धिको स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति स्थानीयको विश्वास बढ्दै गएको देखिएको छ। कार्यक्रममा नेकपा एमालेका नेता पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरि चौधरीले स्वागत मन्त्बय ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.