logo

सर्वदलीय सहमती कायम पछि पर्सा प्रशासनद्वारा कर्फ्यू आदेश फिर्ता, भोली बिहान ८ बजे सम्मकालागि निषेधाज्ञा रहने

 इसीमाना सम्वाददाता     २०८२ फागुन ११ गते ०५: २६ मा प्रकाशित     295   पटक पढिएको

वीरगंज । पर्सामा सर्वदलीय सहमती पछि बिहान ९.४५ देखी लगाईएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचना अनुसार फाल्गुण ११ गते साँझ ४.३० बजे बाट कर्फ्यू आदेश हटाइएको हो ।

 

 स्थानीय प्रशासनले बेलुका साँझ ६ बजे देखी भोली १२ गते बिहान ८ बजे सम्मकालागि भने निषेधाज्ञा जारी गरेको छ ।

१ पूर्व बाइपास रोड
२ पश्चिम रानीघाट पुल 
३ उत्तर पावर हाउस चौक
४ दक्षिण  घण्टाघर चोक  भित्रको चार किल्ला भित्र निषेधाज्ञा जारी गरेको हो । 


वीरगंज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा फाल्गुण १० गते बेलुकी भएको घटनाको सन्दर्भमा आयोजित सर्वपक्षीय बैठकले तीन बुँदे सहमती कायम गरेपछि करफ्र्य आदेश फिर्ता लिएर निषेधाज्ञा जारी गरको हो।

 

उक्त चार किल्लाभित्र सर्वसाधारणलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ। साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ।

 

बैठकमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा नागरिक समाजका सदस्यहरूको सहभागिता रहेको थियो।

 

 घटनामा संलग्न दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने र पीडित पक्षबाट जाहेरी लिई दर्ता गरी आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउने , व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने तथा ‘हेट स्पिच’ फैलाउने कार्य गर्नेलाई कारवाही गर्ने र 

 

 आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बैठकमा उपस्थित सबै पक्षले आ–आफ्नो संस्था तथा निकायबाट संयमता अपनाउन र शान्ति–सद्भावको सन्देश प्रवाह गर्न प्रतिबद्धता जनाउने निर्णय भएको थियो 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.