मतदाता शिक्षाले हावा खायो,जनताको सार्वभौम हजारौ मत बदर
इसीमाना सम्बाददाता
२०८२ फागुन २५ गते ०६: ५४ मा प्रकाशित
266 पटक पढिएको
वीरगन्ज । पर्सा जिल्लामा धेरैको संख्यामा मत बदर भएको छ । जिल्लाको चारवटै क्षेत्रमा १६ हजार बढी मत बदर भएको विवरण सार्वजनिक भएको छ ।
पर्साका चारवटै क्षेत्रमा कुल खसेको २ लाख ५९ हजार २ सय ६४ मतको ६ दशमलव ३३ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए ।
उनका अनुसार जिल्लाका चारवटै क्षेत्रमा १६ हजार ४ सय ३० मत बदर भएको छ ।
पर्सा क्षेत्र नम्बर १ मा ४ हजार ८१, क्षेत्र नम्बर २ मा ४ हजार ५ सय मत बदर भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर ४ मा ३ हजार १ सय १९ म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनबारे कम प्रचारप्रसार तथा जनचेतना कम भएकोले मतपत्र बढी बदर भएको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।त्यसैगरि महोत्तरीमा २० हजार मत बदर भएको छ ।
मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो ।
क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए ।
त्यस्तै बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको छ । प्रतिनिधसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वटा सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएको बताए ।
उनले त्यसबाहेक चिह्नमाथि छाप लगाएको, मत माग्न आएका सबैको चिह्नमा छाप लगाएको र समानुपातिकतर्फ सबैमा छाप लगाएको पाइएको उल्लेख गरे ।
शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नं १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नं २ मा कूल खसेको ७२ हजार सात मध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नं ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ ।
यसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नं ३ मा बदर मत रहेको छ ।
त्यस्तै दाङमा साढे १० हजार बढी मत बदर भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४।२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।
वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।
तपाईको प्रतिक्रिया