logo

वीरगंजमा “जाउँ है पोखरा” पर्यटकसंग गरिने ब्यवहारमा सुधार गर्न हान र प्रहरीलाई सुझाव

 इसीमाना सम्वाददाता     २०८२ चैत १० गते ०३: ३९ मा प्रकाशित     257   पटक पढिएको

वीरगंज ।  होटल संघ पोखराको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्र्तगतको “जाउ है पोखरा” अभियानका बिषयमा मंगलवार वीरगंजको होटेल मकालुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

 होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशमा पर्यटककालागि रहेका गन्तब्य केन्द्रहरुमा आन्तरिक पर्यटकको संख्या बढाउने उद्धेश्यका साथ अभियानलाई निरन्तरता दिइएको बताइएको थियो ।

 

पोखरा प्रकृतिले दिएको अनुपम स्थान भएको र नेपाल आउने बिदेशीहरुको पहिलो रोजाई समेत भएको नेपालको पर्यटकीय राजधानीको उपमा पाएको शहर हो । तर त्यो शहरमा जाने तराई र भारतीय पर्यटकहरुसंग गरिने ब्यवहारमा सुधार नआएको भन्दै कार्यक्रममा गुनासो गरियो ।

 

 भारतीय पर्यटक बोकेर आउने भारतीय नम्बर प्लेटका गाडीहरु ट्राफिक प्रहरीले चेकिङ्गमा दिने गरेको सास्ती र होटेलमा हाउस किपिङ्गमा काम गर्नेहरुले बोल्ने भाषशैली समेत अपमान बोधक हुने गरेको कतिपयले सहभागीले आफनो भोगाई राख्दै बोली बचन र ब्यवहारमा सुधारको खाँचो औल्याए ।

 


अन्तरक्रिया कार्यक्रममा बोल्दै वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सुरक्षाकर्मीहरूको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाए।

 

उनले चेकिङको नाममा अनावश्यक रोकेर हैरानी दिने, कागजात भए पनि दुःख दिने र अप्रत्यक्ष रूपमा आर्थिक लाभ लिन खोज्ने प्रवृत्ति रहेको दाबी गरे।

 

 

“जाउँ है पोखरा” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा उनले पर्यटन प्रवर्द्धनका लागि केवल प्रचार पर्याप्त नहुने उल्लेख गर्दै यात्राको अनुभव सहज र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए। सिमा नाकादेखि गन्तव्यसम्म पर्यटकमैत्री वातावरण सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

 

कार्यक्रममा होटल व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पर्यटक भित्र्याउन आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा गण्डकी प्रदेश पर्यटन बोर्डका मणीराज लामिछाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

पोखराको पर्यटनमा करिब ८ खर्ब रुपैयाँको कुल लगानी रहेकोमा होटल क्षेत्रमा मात्रै ६ खर्ब रुपैयाँ परिचालन भएको छ। १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको यो क्षेत्रले एकै रातमा ४० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्दछ, तर क्षमता अनुसारको पर्यटक नहुँदा लगानी जोखिममा परेको व्यवसायीहरूको ठम्याइ छ।
​

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.