logo

बरिष्ठ पत्रकार गौतमलाई स्व.पाण्डे स्मृति पत्रकारिता पुरस्कार, साँसद पन्तले गरे सम्मान

 इसीमाना सम्बाददाता     २०८२ चैत ११ गते १०: ४९ मा प्रकाशित     425   पटक पढिएको

वीरगंज ।  पत्रकार सव.सुर्दशनराज पाण्डेको स्मृतिमा स्थापित पत्राकरिता पुरस्कार बुधवार एक समारोहवीच बरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिएको छ ।

 

२५ हजार राशीको उक्त पुरस्कार पर्सा क्षेत्र नं १ का प्रतिनिधि िसभभाका सदस्य साँसद हरिपन्तले प्रदान गरेका हुन ।  पुरस्कार बिरतण समारोहलाई समबोधन गर्दै साँसद पन्तले पर्साको पत्रकारिताका धरोहर बरिष्ठ पत्रकार गौतमलाई सम्मान गर्न पाउदा आफूलाई समेत आत्म गौरबको बोध भएको बताए ।

 

उनले नेपाली पत्रकारिताको बिकासकालागि गौतमको योगदान महत्वपूर्ण रहेको बताए ।  

 

स्व. पाण्डेलाई स्मरण गर्दै पन्तले पत्रकारिताको सिद्धान्त अनुरुपको पत्रकारिता पाण्डेले गरेको बताए । उनले भने “पाण्डे दाई जहिले पनि प्रतिपक्षी भूमिकामा रहनु भयो मलाई लाग्छ पत्रकारिताको मुल मर्म पनि यही हो” ।

 

तिनै पत्रकारको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारको राशीलाई बढाउनकालागि आवश्यक बहल लिन समेत उनले अपिल गरे  । 

May be an image of one or more people, people smiling and text
सम्मानीत बरिष्ठ पत्रकार गौतहमले सुर्दशन पाण्डे सदैब हास्ने तर पत्रकारिता आधारभूत शर्तसंग सम्झौता नगरि प्रकाशनमा ल्याउने काम गर्ने निर्भिक पत्रकारको रुपमा सम्झान गरिरहनु पर्ने ब्यक्ति भएको बताए । उनले पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार आफूलाई दिइएकोमा धन्यवाद ज्ञापन गरे ।

 

नेपाल पत्रकार महासंघ पर्साको सचिव समेत भएका पाण्डेको ०८१ भदौमा निधन भएको थियो । स्व.पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुस्रकार प्रथप पटक बितरण भएको हो । 


नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक के.सी.लामिछाने , पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान।

 

मधेश प्रदेशका अध्यक्ष श्पयाम वन्न्जारा  समाजीक अभियान्ता कमल चौगाई लगायतले पुरस्कृति गौतमको ब्यक्तित्वका बिषयमा चर्चा गरेका थिए । कार्यक्रमको संचालन पर्सा शाखाका सचिव बिजय महतोले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.