logo

संजालको प्रतिवन्ध बिरुद्ध आन्दोलन,नियमन गर्न कार्की आयोगको सिफारिस

 इसीमाना सम्वाददाता     २०८२ चैत १२ गते ०४: २४ मा प्रकाशित     206   पटक पढिएको

                                                       तस्विरः सामाजिक संजालबाट

वीरगंज । सामाजिक संजाल प्रतिवन्धका बिरुद्ध भएको जेनजी आन्दोलनका क्रममा भएका दमन बिध्वंशको बारेमा छानविनकालागि बनेको गौरी बहादुर कार्की आयागले नियमन गर्न सरकारलाई सिफारिश गरेको छ ।

 

आयोगले अनियन्त्रित सञ्जालले रणनीतिक जोखिम निम्त्याइरहेको निष्कर्ष निकालेको छ । तत्कालीन के.पी.ओली सरकारले सामाजिक संजालको नियमनकालागि दर्ता प्रक्रियामा आउन सूचना दिएको थियो ।

 

सरकारले दिएको सूचना अवधीमा दर्ता प्रक्रियामा समावेश नभएपछि सरकारले सामाजिक संजालमा रोक लगाएको थियो ।

 

त्यही रोकका बिरुद्ध जेनजी आन्दोलन भएको थियो । तर कार्की आयोगले भने सामाजिक संजाल नियमनको आवशयकता ठहर गर्दै ‘अनियन्त्रित सामाजिक सञ्जालको रणनीतिक जोखिम’ शीर्षकअन्तर्गत सञ्जाललाई व्यवस्थित बनाउन आठ बुँदे सिफारिससमेत गरेको  छ ।

 

सामाजिक सञ्जालले मानिसहरूलाई बोल्न, जानकारी पाउन र सहभागिता जनाउन सजिलो बनाएको छ। तर नियमन नहुँदा यी प्लेटफर्महरू कसैको प्रतिष्ठा बनाउन वा बिगार्न प्रयोग भइरहेका छन्। धेरैजसो मानिसको धारणा सत्य तथ्यभन्दा बढी भावनात्मक र योजनाबद्ध सामग्रीका आधारमा बन्ने गर्छ।

 

सार्वजनिक धारणा प्रायः प्रमाणित तथ्यभन्दा बढी योजनाबद्ध कथन, सिर्जित भावनात्मक सामग्री र सम्बन्धित डिजिटल अभियानका आधारमा निर्माण हुने गरेको छ, जसले डिजिटल हेरफेरमा सक्षम केही पक्षहरूलाई आफूअनुकूल प्रयोग गर्न सहयोग पुर्याएको छ,’ प्रतिवेदनमा लेखिएको छ ।

 

प्रतिवेदनले म्यान्मारको उदाहरण दिँदै भनेको छ कि फेसबुकमा फैलिएको घृणात्मक सामग्रीका कारण रोहिङ्ग्या समुदायमाथि ठूलो हिंसा भयो, जसले ठूलो शरणार्थी संकट निम्त्यायो। यसले देखाउँछ कि अनियन्त्रित सामाजिक सञ्जाल कति खतरनाक हुन सक्छ।

 

 सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार रोक्न ‘डिजिटल जोखिम व्यवस्थापन’ का लागि राज्यको संस्थागत क्षमता सुदृढ गर्नुपर्नेमा आयोगको जोड छ ।

dc1_BdE9swpRgI.jpg

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.