logo

पटेर्वा सुगौलीको गाउँसभामा ४१ करोडको बजेट पेश, ठोस परिणाम आउने संक्षीप्त योजना प्रथामिकतामा

 इसीमाना सम्वाददाता     २०८३ असार ३ गते ०६: ५० मा प्रकाशित     429   पटक पढिएको

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४  ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।  

 

संघीय समानीकरण अनुदानतर्फ ९ करोड ४० लाख, प्रदेश समानीकरण अनुदानतर्फ ६६ लाख, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड ८९ लाख ४४ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ ७५ लाख, संघीय विशेष अनुदानतर्फ १ करोड, संघीय समपूरक अनुदानतर्फ १ करोड २९ लाख, संघीय सशर्त अनुदानतर्फ १६ करोड ४० लाख, आन्तरिक  स्रोततर्फ १ करोड ५० लाख तथा प्रदेशको अन्य अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जनाए । 


बुधबार आयोजित गाउँसभा बैठकमा गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रम पेश  गरिन  । उनले  स्वास्थ्य, शिक्षा, कृषि, सिँचाइ, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिइन् ।

 

गाउँपालिकाले “स्थानीय स्रोत, स्थानीय रोजगारी " एक गाउँ, एक उद्यम, एक पहिचान, हाम्रो अभियान” भन्ने मूल नारालाई केन्द्रमा राखेर आगामी वर्षका सम्पूर्ण आर्थिक तथा विकास गतिविधि सञ्चालन गर्ने नीति लिएको उनले बताइन । 

 

उनले कार्यान्वयन गर्न सकिने  संक्षिप्त तथा परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिइएको स्पष्ट पारिन्  ।

 

 महत्वकांक्षी योजनाको आधारमा नागरिकलाई भ्रम नछर्ने भन्दै उनले ठोस परिणााम प्राप्त हुने खालका योजना अघि सारेको बताइन ।

 

अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले चालु आर्थिक वर्ष २०८२/०८३ मा हासिल भएका उपलब्धिबारे जानकारी गराए ।

 

उनले ग्रामीण क्षेत्रमा पहिलो पटक १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उल्लेख गर्दै उक्त अस्पताल मधेश प्रदेशकै गाउँपालिकाद्वारा निर्माण गरिएको पहिलो अस्पताल रहेको बताए ।


गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि आगामी बैठकबाट बजेट पारित गरिने गाउँपालिकाले जनाएको छ । गाउँ सभामा वडाध्यक्ष, गाउँ सभा सदस्य सहित गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.