logo

सुवर्णपुरका होमस्टेलाई पालिका अध्यक्ष श्रेष्ठले दिए एसी,प्रचण्ड गर्मीमा पनि पाहुनाहरुले अव ओड्नेछन कम्बल

 इसीमाना सम्वाददाता     २०८३ असार ५ गते ०३: ५० मा प्रकाशित     338   पटक पढिएको

वीरगंज । ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा रहेका होमस्टे (घरबास)लाई ठोरी गाउँपालिकाले एयर कन्डीशन.एसी) उपलब्ध गराएको छ । ठोरी गाउँपालिका अध्यक्ष  लालबहादुर श्रेष्ठले वडा नं ५ को बुद्धटोलमा रहेका सुनाखरी मध्यवर्ती होमस्टेलाई  पाँच थान एसी हस्तान्तरण गरेका हुन ।

 

सुवर्णपुरमा संचालीत मधेश प्रदेशकै पहिलो होमस्टे हो । सुवर्णपुरमा १५ घरमा होमस्टे संचालन छ । एकै रातमा ४० जना पाहुनाहरुलाई बास बसाउन सकिने क्षमता होमस्टेमा रहेको छ । तालिम सेमिनार संचालनकालागि सुवर्णपुरमा सामुदायीक भवन (सभाकक्ष) पनि छ । 

 

May be an image of one or more people, tea maker, temple and text
सुवर्णपुरमा संचालनमा रहेका १५ वटै होमस्टेलाई चालु आर्थिक वर्षमै एक÷एक थान एसी उपलब्ध गराउने पालिका अध्यक्ष श्रेष्ठको भनाई छ । अहिले पाँच थान हस्तान्तरण गरेका छौ उनले भने “यही आर्थिक वर्षमा सबै हामस्टेलाई कम्तीमा एक थान एसी उपलब्ध गराउने तयारी गरेका छौं ” । 

 

सुनाखरी होमस्टेका दावा लामाले पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई एसी उपलब्ध गराएर (होमस्टे)घरबास कार्यक्रमलाई प्रर्वद्धन गरेकोमा धन्यवाद ज्ञापन गरेका छन । 


मधेशको उखरमौलो गर्मीमा घरबासमा आउने पाहुनाहरुले पनि गर्मीको महशुस गर्न नपरोस भनेर एसी उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए । होमस्टे आर्थिक उपार्जनसंग जोडिएको बिषय पनि हो ।

 

ठोरी गाउँपालिका आन्तरीत तथा बाह्य पर्यटकहरुकालागि गन्तब्य केन्द्र बनाउन पालिकाले पनि लगानी गर्न आवश्यक रहेको छ । पालिकाले एसी उपलब्ध गराएर आफू पनि पर्यटकीय गन्तब्य केन्द्रको निर्माणमा साझेदार बनेको छ ।

 

होमस्टेमा नेपाली तथा भारतीय पर्यकटको आगमन हुने गरेको छ । वतानुकुलीत वतावरण पाउदा पाहुनाहरुको आगमन बढ्ने त्यसले ठोरीको आर्थिक सक्रियाकलापमा बढोत्तरी हुने बिश्वास पालिका अध्यक्ष श्रेष्ठको छ । 

May be an image of suitcase, speaker and text


ग्रामीण परिवेश, सास्कृतिक बिविधता , जातीय बिविधता, प्राकृतिक सुन्दरता सुर्वणपुरमा एकैठाउामा देख्न र अनुभूत गर्न पाइन्छ ।  पाहुनाहरुलाई स्थानीय परम्रा अनुसार स्वागत र सममान गर्ने , मौलीक सांस्कृति कार्यक्रमहरु मार्फत पाहुनाहरुलाई मनोरञ्जन दिने मैलीक परम्परा सुर्वणपुरमै पाइन्छ ।

 

आफनै बारीमा उत्पादन भएका अर्गानीक तरकारी, लोकल माछा मासुका परिकार नेपाली खाँना ढिडो र गुन्द्रुकको ग्रामीण स्वादको आनन्द लिन पाइन्छ । स्थानीय नागरिकको शालीनतापूर्ण ब्यवहार मनै लोभ्याउने हअर्को पक्ष हो ।

 

अस, आदीवासी जनजातीय समुदायको मिश्रीत बस्ती मिनि नेपालको सामाजिक संरचानाको विम्ब पनि हो । यस्तो महत्वपूर्ण ठोरीको सुवर्णपुरमा पाहुनाहरुले अव प्रचण्ड गर्मीमा पनि सिरक ओडेर आनन्दको निन्द्रा पाउने छन ।

 

 खुला ठाउमा भएको हुनाले अव सुवर्णपुरको होमस्टेको बिस्ताारमा पुग्ने पाहुनाहरुले दामन पालुङको जस्तो चिसोको अनुभूती गर्न पाउने छन । 

 


पर्या पर्यटनको बिकासमा पालिकाले अझै लगानी थप्दै जाने पालिका अध्यक्ष श्रेष्ठले बताएका छन । अहिले पनि ठोरी बिदाको दिनमा मध्यम वर्गिय परिवारको आउटीङको एउटा गन्तब्य बनेको छ ।

 

 प्राकृतिक छटाले भरिएको ठोरी बनजंगल पहाड पानी सबै प्राकृतिक सम्पदाको अनुपम संगम पनि हो ।

May be an image of one or more people, speaker and text

 ठोरीलाई पर्यटककालागि गन्तब्य केन्द्र बनाउन सकियो भने मध्यमवर्गी पर्यटकले ठोरी खचाखच हुने दिन अव धेरै कुर्नै पर्दैन । ठोरीमा बिभिन्न सुविधायुक्त रिसोर्टहरु संचालनमा छन ।

 

सुवर्णपुरमा स्वीमीङ्ग पुलको आनन्द पनि लिन पाइने छ । समग्रमा ठोरी आन्तरिक तथा बाह्य पर्यटककालागि कम्लीट प्याकेजका रुपमा रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.