logo

पत्रकारिता र राजनीतिमा खराब प्रवृत्तिको प्रवेश भएकाले दुवै क्षेत्र बदनाम भएः मन्त्री पटेल

 इसीमाना सम्वाददाता     २०८३ भदौ १ गते ०३: ५८ मा प्रकाशित     263   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले निष्ठाको पत्रकारिता गर्ने पत्रकारहरूले नै समस्या भोगिरहेको बताएका छन ।


वीरगंजबाट प्रकाशीत प्रतीक दैनीकको ४० औं बार्षिकोत्सव तथा स्वर्गीय सुबोध सिँह स्मृति पत्रकारिता पुरस्कार बितरण समारोहलाई समबोधन गर्दै उनले यस्तो बताएका हुन ।


मन्त्री पटेलले पत्रकारिता र राजनीतिमा खराब प्रवृत्तिको प्रवेश भएकाले दुवै क्षेत्र बदनाम भएको भन्दै असल मानिसहरूले यस्तो प्रवृत्तिलाई खबरदारी गर्नुपर्ने बताए। 

 

‘अन्त केही गर्न नसक्ने र असफल भएकाहरू पत्रकारिता र राजनीतिमा छिर्ने क्रम बढेकोमा उनले चिन्ता ब्यक्त गरे। उनले प्रतीक दैनिकले पत्रकारिताको क्षेत्रमा नमुना काम गरेको भन्दै प्रशंसा समेत गरे।

 


नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारिता समस्याबाट गुज्रिरहेको भन्दै राज्यले पत्रकारिता क्षेत्रमाथि पूर्वाग्रही व्यवहार गरेको आरोप लगाए। 

 

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारिताले स्थानीय राजनीतिक, आर्थिक, सामाजिक सरोकारहरूको उत्थानमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै स्थानीय र प्रदेश सरकारहरूले मिडियाको प्रवद्र्धनमा अपेक्षित काम नगरेको बताए। संघीय सरकार मिडियाप्रति पूर्वाग्रही भए पनि अन्य तहगत सरकारले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड थियो। 

 

प्रतिक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले पत्रकारिताले पछिल्लो समयमा फरक खालको चुनौतिहरु सामना गरिरहेका बताए । प्रविधिका कारण मिडियमा अवसर र चुनौति दुवै भित्रिएको बताए ।

071929138774193415_27948572371429894_6904518493922031001_n.jpg

 कार्यक्रमा विरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम,साहित्यकार गीता भण्डारी ,पुरस्कृत पत्रकार महेशचन्द्र गौतम, स्वर्गीय सुबोध सिँहका दाइ शुदर्शन सिँह, लगायतले प्रतिकलाई शुभकामना दिएका थिए ।

  

सो अवसरमा सुवोध स्मुति पत्रकारिता पुरस्कारबाट पत्रकार महेशचन्द्र गौतम ५१ हजारका्े नगद राशी सहित स्वर्गीय चिरन्जीवि र्कइराला स्मृति पुरस्कारबाट युवा , पत्रकार अर्जुन चौधरी, स्तम्भ्कार पुरस्कारबाट राजेनद्र कोइराला, सम्बाददाता चिरञ्जीबि सापकोटा, प्रेसका कर्मचारी बिजय बहादुर श्रेष्ठदलाई पुरस्कृत गरिएको थियो । प्रतिकका निर्देशक बिन्दु शर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन धर्मेन्द्र चौरसियाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.