logo

पत्रकारिताको नाममा  व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने प्रवृत्ति बढ्योः साँसद पन्त

 इसीमाना सम्वाददाता     २०८३ भदौ १४ गते ०६: ०६ मा प्रकाशित     238   पटक पढिएको

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्तले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा अराजकता बढ्दै गएको टिप्पणी गरेका छन्।

 

मध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद पन्तले पछिल्लो समय पत्रकारिताको नाममा व्यक्तिको व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने प्रवृत्ति बढेको बताए।


उनले केही संचार माध्यमले आफनो पदीय मर्यादाको खिलाफमा टिप्पणी गरेले आफूले कानूनी उपचारको बाटो खोजेको समेत बताए ।

 

उनले पत्रकारिताको मूल धर्म तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नु भएको भन्दै कसैलाई बदनाम गर्ने उद्देश्यले समाचार लेख्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने बताए।

 

‘पत्रकारले समाजमा जे देख्यो, त्यही तथ्यका आधारमा लेख्नुपर्छ,’ उनले भने, ‘तर कसैको व्यक्तित्व वा राजनीतिक चरित्र हत्या गर्ने नियतले पत्रकारिता गर्नु हुँदैन।’

 

सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञापन वितरणमा रोक लगाएको विषयमा पनि सांसद पन्तले स्पष्टीकरण दिएका छन्।

 

उनका अनुसार विज्ञापन वितरण प्रणाली व्यवस्थित गर्नका लागि केही समय रोक लगाइएको हो।

 

उनले यो व्यवस्था स्थायी नरहेको दाबी गर्दै आगामी दिनमा पुनः विज्ञापन वितरण हुने बताए।

 

तर कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक के.सी. लामिछानेले सरकारको कदमप्रति असन्तुष्टि जनाए।

 

उनले निजी सञ्चारमाध्यमलाई विज्ञापन वितरणमा निषेध गरेर सरकारले ‘आर्थिक नाकाबन्दी’ लगाएको आरोप लगाए।

 

लोककल्याणकारी विज्ञापनमा समेत आधा रकम कटौती गरेर सरकारले सञ्चारमाध्यममाथि थप आर्थिक भार थपेको उनको भनाइ थियो।

 

लामिछानेले वर्तमान सरकारको मन्त्रिमण्डलमा अधिकांश युवा सहभागी हुनु सकारात्मक भए पनि सरकारको नियत भने ठीक नरहेको आरोप लगाए । बालेन्द्र साह नेतृत्वमा सरकार गठन भएलगत्तै मिडिया तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप सुरु भएको उनको दाबी थियो ।

 

लामिछानेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्नेदेखि लामो समयदेखि पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पाउँदै आएको रकमसमेत घटाएर सरकारले मिडिया तथा प्रेसमाथिको हस्तक्षेपलाई निरन्तरता दिएको आरोप लगाए ।

 

लामिछानेले सञ्चारमाध्यममाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउन पहल गर्न सांसद पन्तसँग आग्रहसमेत गरे।

 

मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खरगा, मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य डा. सुवोध गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए।

 

वार्षिकोत्सवका अवसरमा मध्य नेपाल सन्देशले मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झासहित निलम पन्त, रञ्जित यादव र कपिल थापालाई सम्मान गरेको थियो।

 

पत्रिकाकी सम्पादक कविता खड्काले सहजीकरण गरेको ‘८४ मा महिला पहिला’ विषयक प्यानल छलफलमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जनमत पार्टीकी नेतृ रम्भा मिश्रा, सामाजिक अभियन्ता बबिता जयसवाल र प्राध्यापक उमा मिश्रा सहभागी थिए ।

 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.