logo

मित्तलकाे उधाेगबाट चेकचाेरी,अपराधिक बिश्वासघात गर्न अग्रवल बिरुद्ध पर्याे उजुरी

 इसीमाना सम्बाददाता     २०८३ असोज १६ गते १२: १७ मा प्रकाशित     3   पटक पढिएको

 वीरगञ्ज । पर्साको वीरगञ्जस्थित स्वीट मार्ट फुड प्रालिका सञ्चालक शङ्करलाल मित्तललले सधै बिवादमा परिरहने  निरन्जन अग्रवाल बिरुद्ध ढजुरी गरेका छन ।

 

मित्तलले  आफ्ना पूर्व लेखापाल विनोदकुमार पटेल र अग्रवाल बिरुद्ध  एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको फर्जी चेक तयार गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार उजुरी गरेका हुन  । ​

 

 मित्तलले उद्योगको चेकबुकबाट जारी भएको हस्ताक्षरयुक्त खाली चेक पूर्व लेखापाल पटेलले फिर्ता नगरी अग्रवालको नाममा ठूलो रकम भरी सिद्धार्थ बैंकमार्फत भुक्तानीका लागि प्रस्तुत गरेको र पछि उक्त चेक अनादर (बाउन्स) भएको दाबी गरेका छन् ।

 

 

 पटेलले आफूसँग सुरक्षित रहेका पुराना खाली चेक दुरुपयोग गरी अग्रवालसँगको मिलेमतोमा आफूलाई आर्थिक क्षति पुर्‍याउने उद्देश्यले उक्त कार्य गरेको हुन सक्ने भन्दै मित्तलले घटनाको गम्भीर अनुसन्धान र कानुनी कारबाहीको माग गरेका छन् ।

 

 ​जाहेरीअनुसार उद्योगबाट हटाइएका पूर्व लेखापाल पटेललाई मित्तलले मजदुरको ज्याला तथा दैनिक प्रशासनिक खर्च भुक्तानीका लागि विभिन्न बैंकका हस्ताक्षर गरिएका खाली चेकहरू विश्वासका आधारमा जिम्मा दिने गरेका थिए ।

 

महिला मजदुरहरूबाट पटेलको व्यवहारबारे गुनासो आएपछि २०८३ साउन २७ गते उनको पारिश्रमिक तथा हिसाब फर्छ्यौट गरी कामबाट हटाइएको र सो क्रममा पटेलले ‘तपाईंलाई देखाइदिन्छु’ भन्दै धम्की दिएको मित्तलको दाबी छ ।

 

संयाेग  पटृेल कामबाट हटाईनु र याे चेक प्रकरण सतहमा आउनुले मित्तलकाे आशंकालाई बल पुगेकाे छ । १४ महिना पुरानाे चेकबुकबाट निकालिएकाे चेकमा मिति भने अहिलेकाे छ ।

 

त्याे चेकबुक पछि कैयाै ठेलीका चेकबुक सकिदा ब्यपार र व्वहार  केही नभएका अग्रवालले पैसा लिनु पर्ने जुन दावी गरेका छन त्यसमै षडयन्त्रकाे गन्ध आएकाे छ ।

 ​घटनाको जानकारी भने २०८३ असोज ९ गते साँझ मित्तलको मोबाइलमा प्रभु बैंकबाट चेक अनादर भएको सूचना आएपछि भएको जाहेरीमा उल्लेख छ ।

 

त्यसपछि चेकको विवरण हेर्दा एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको चेक निरञ्जनकुमार अग्रवालको नाममा जारी भएको देखिएको र अग्रवालसँग पछिल्लो समय आफूहरूको कुनै व्यावसायिक वा लेनदेन सम्बन्ध नरहेको मित्तलले बताएका छन् ।

 

 ​अग्रवाल र मित्तलबीच यसअघि पनि आर्थिक कारोबारसँग सम्बन्धित कानुनी विवाद भएको थियो ।

 

अग्रवालले ‘स्वीट मार्ट फुड इन्डस्ट्रिज’सँग मेशिनरी सामान खरिदका क्रममा आफूबाट ६० लाख ३२ हजार ५२० रुपैयाँ भन्दा बढी भुक्तानी भएको दाबी गर्दै रकम तथा ब्याज फिर्ताको मागसहित मुद्दा दायर गरेका थिए ।

 

 पर्सा जिल्ला अदालतले शुरूमा अग्रवालको पक्षमा फैसला गरे पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले उक्त फैसला बदर गर्दै मुद्दा खारेज गरेको थियो ।

 

 ​उक्त फैसलाविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गर्दै अग्रवालको पुनरावेदन दाबी नपुग्ने ठहर गरेको थियो ।

 

 सर्वोच्चका अनुसार दुवै पक्षबीच २०७३ साउन २७ गते नै साझेदारी अन्त्य भई हिसाब–किताब चुक्ता भएको देखिएको थियो भने त्यसपछिको मेशिन खरिदसम्बन्धी कारोबारलाई छुट्टै करारका रूपमा हेरिएको थियो ।

 

 ​सर्वोच्चले अग्रवालले दाबी गरेको हरहिसाब फर्छ्यौटका लागि फिरादमा उल्लेख गरिएका कानुनी प्रावधानबाट स्पष्ट कानुनी आधार नदेखिएको निष्कर्ष निकालेको थियो ।

 

 ​यही पृष्ठभूमिमा अहिले मित्तलले अग्रवालको नाममा एक करोड २२ लाखभन्दा बढीको चेक प्रस्तुत भएको विषयलाई लिएर आपराधिक अनुसन्धानको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

 

मित्तलले पटेलसँग रहेका अन्य हस्ताक्षरयुक्त खाली चेकसमेत बरामद गरी घटनामा संलग्न व्यक्तिको भूमिका अनुसन्धानबाट यकिन गर्न माग गरेका छन् ।

 

 ​तर जाहेरीमा लगाइएका आरोपहरू हालसम्म प्रमाणित भएका छैनन् ।

 

 चेक कसले भरेको हो, कसरी अग्रवालको नाममा पुग्यो, चेक बैंकमा कसले प्रस्तुत गर्‍यो र यसमा पटेल तथा अग्रवालको भूमिका के थियो भन्ने विषय प्रहरी अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

 

 ​शंकर मित्तलले प्रहरीले चाहेमा दूधको दूध र पानीको पानी छुट्टिने बताएका छन्।

 

 "वर्षौंदेखि बोलचाल, भेटघाट र फोन सम्पर्क समेत नभएका निरञ्जनलाई मैले के बापत चेक दिने ?" उनले प्रश्न गरेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

प्रदेश सरकारसंग कल्याणकारी बिज्ञापनकाे रकम कटाैती नगर्न पत्रकार महासंघ मधेशकाे मांग

प्रदेश सरकारलाई ककल्याणकारी बिज्ञापनकाे रकम कटाैती नगर्न पत्रकार महासंघ मधेशकाे मांग

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.