logo

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सामा सखुवा प्रसौनी बारामा परवानीपुर प्रथम

 ईसिमाना सम्वाददाता     २०८३ असोज १५ गते ०७: ५५ मा प्रकाशित     55   पटक पढिएको

वीरगञ्ज  । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्साको सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ।

 

स्वास्थ्य कार्यालय, पर्साले आयोजना गरेको जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएका छन्।

 

स्वास्थ्य कार्यक्रमको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, सेवाको पहुँच तथा गुणस्तर, लक्षित समुदायसम्म स्वास्थ्य सेवाको पहुँच र स्वास्थ्य संस्थाको कार्यसम्पादनलगायत विभिन्न सूचकका आधारमा सखुवा प्रसौनी गाउँपालिका प्रथम भएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए।

 

अध्यक्ष यादवले उत्कृष्ट नतिजा हासिल गर्न स्वास्थ्य कार्यक्रम सञ्चालनमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।

 

यसैगरी, बारामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा परवानीपुर गाउँपालिका प्रथम भएको छ। महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएका छन्।

 

जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षामा स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाह, स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरलगायत विभिन्न सूचकको मूल्यांकन गरिएको थियो।

 

दिव्य विकास स्रोत केन्द्र सम्मानित

 

यसै अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै दिव्य विकास स्रोत केन्द्र, पर्सालाई कदर–पत्र प्रदान गरी सम्मान गरिएको छ।

 

स्वास्थ्य कार्यालय, पर्साले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनमा केन्द्रले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरेको हो।

 

स्वास्थ्य कार्यालय, पर्साका कार्यालय प्रमुख निलाराम्ब अधिकारीले दिव्य विकास स्रोत केन्द्रका प्रतिनिधिलाई कदर–पत्र प्रदान गरेका थिए।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.