logo

मापदण्ड नपुगेका चार अस्पताललाई नवीकरण र स्तरोन्नति, आर्थिक चलखेलको आरोप

 इसीमाना सम्वाददाता     २०८३ भदौ २९ गते ०३: ५६ मा प्रकाशित     101   पटक पढिएको

काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक मापदण्ड पूरा नगरेका चार निजी अस्पताललाई नवीकरण तथा स्तरोन्नतिको अनुमति दिएको आरोप लागेको छ।

 

बीरगंजको स्पर्श मल्टी स्पेसियालिटी हस्पिटल, धनुषाको मिथिला हस्पिटल, सिमराको एभरग्रिन तराई सिमरा हस्पिटल र धनुषाको सेन्ट्रल हस्पिटललाई मापदण्ड पूरा नगरे पनि विभिन्न सर्त राखेर अनुमति दिइएको अनुगमन प्रतिवेदनबाट देखिएको छ।

 

अनुगमन प्रतिवेदनमै अस्पतालमा जनशक्ति, प्रयोगशाला, आईसीयू–एनआईसीयू, फोहोर व्यवस्थापन, एम्बुलेन्सलगायतका पूर्वाधार तथा सेवा सुधार गर्नुपर्ने उल्लेख छ। कतिपय प्रतिवेदनमा तोकिएका मापदण्ड पूरा गर्न समयसमेत दिइएको छ।

 

चारवटै अस्पतालको अनुगमन समितिमा जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुर सदस्य सचिव थिए। स्रोतका अनुसार ठाकुरले अस्पताल सञ्चालकहरूसँग आर्थिक लेनदेनको ‘दररेट’ मिलाएर नवीकरण तथा स्तरोन्नतिका लागि सिफारिस गरेको आरोप छ।

 

स्पर्श मल्टी स्पेसियालिटी हस्पिटलको अनुगमन प्रतिवेदनमा समितिका सबै सदस्यको हस्ताक्षरसमेत छैन। प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत हुनुपर्ने प्रक्रिया मन्त्रालयबाटै अघि बढाइएको भन्दै यस विषयमा समेत प्रश्न उठेको छ।

 

तत्कालीन स्वास्थ्य मन्त्री शत्रुघन सिंह, निमित्त सचिव राजेशकुमार मिश्र र जनस्वास्थ्य अधिकृत ठाकुरको भूमिकामाथि छानबिन हुनुपर्ने मागसमेत उठेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.