logo

बीगंजमा स्व सिंहको सम्झना

      1/23/2017 गते 00 00 मा प्रकाशित     1502   पटक पढिएको

 

माघ  १० वीरगंज
मधेस आन्दोलनका प्रणेता एवं नेपाल सदभावना पार्टीका संस्थापक एवं तात्कालिन राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायण सिंहको १५ औं बार्षिक पुण्य तिथीको अवसरमा  नेपाल सदभावना पार्टी पर्साले आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

 

पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष भागरिथ मुखिया बिनको सभापतित्वमा आयोजित सो कार्यक्रममा पार्टीका नेताहरुले स्व. सिंहको तस्बिरमा माल्र्यपन गरी स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव शिव पटेलले स्व.सिंह प्रति आस्था राख्ने र वहाँको बिचार संग सहमत सम्पुण सदभावना प्रेमीहरु एक जुट हुन आग्रह गर्दै स्व.सिंहको आत्माको चिर शान्तिको लागि र मधेस आन्दोलन र यसका उपलब्धिहरुलाई संस्थागत गर्न सम्पुर्ण सदभावना नाम जोडिएका पार्टीहरुलाई एक ढिका हुन आग्रह गरेका थिए 

 

कार्यक्रममा पार्टीका अर्का महासचिव श्रीमननारायण मिश्र, केन्द्रिय सदस्य संजय पाण्डे, पर्सा जिल्ला सचिव कृष्णा पटेल, नगर अध्यक्ष भरत ,महिला उपाध्यक्ष मुनी श्रीवास्तव, जिल्ला कार्य समिती सदस्य बिशाल घिमिरे,सत्यनारायण रौनियार, प्रदिप यादव, क्षेत्रिय अध्यक्ष राजनारायण प्रसाद कुर्मी,महिला नेतृहरु संगीता तिवारी, सुनीता अग्रवाल लगायतको उपस्थिती रहेके थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.